प्रेस सेन्टर सुनसरीको ५ औं अधिवेशनबाट अध्यक्षमा तिर्थ कार्की दोहोरिए

  • पुस २७, २०८१ / नेपाल रेखा
alt

इटहरी । प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिती सुनसरीको ५ औ अधिवेशन शुक्रबार धरानमा सम्पन्न भएको छ ।
प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष विवेक गौतम, केन्द्रीय उपमहासचिव राजन केडी, केन्द्रीय सदस्यहरु अर्जुन शर्मा, रिता मोक्तान, न्यूनतम पारिश्रमिक निर्धारण समिति सदस्य श्रीशीशा राई, सेन्टरका प्रदेश सचिवहरु प्रमोद यादव, विशाल राईलगायतको उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनबाट सुनसरी जिल्लाको अध्यक्षमा तिर्थ कार्की अध्यक्षमा पुनः सर्वसहमत चयन भएका छन् ।
समितिको उपाध्यक्षद्वयमा लक्ष्मी दंगाल र दिलबहादुर राई चयन भएका छन् । सचिवमा विनोद विश्वकर्मा र दुई सहसचिवमा रश्मी प्रधान र सुवास खत्री चयन भए । कोषाध्यक्षमा गणेशप्रसाद तिम्सिना चयन भएका छन् । सदस्यहरुमा अनिश वस्नेत र सुमित थापा चयन भएका छन् । निर्वाचन समिति संयोजक अधिवक्ता विदुर महतले सेन्टरको जिल्ला कार्य समिति सर्वसहमत चयन भएको जानकारी दिए । निर्वाचन समितिमा अधिवक्ताहरु रिता मोक्तान र आलोक खनाल रहेका थिए ।
सेन्टरका १ नम्वर प्रदेश उपाध्यक्ष राजन समीप, धरान नगरपालिकाका उपमेयर अइन्द्रविक्रम वेघा, नेकपा (माओवादी केन्द्र) धरान उपमहानगर कमिटीका अध्यक्ष उद्धव लिम्वू, प्रेस चौतारी सुनसरीकी अध्यक्ष शुभद्रा प्याकुरेल, नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष ध्रुव ढकाल, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले लगायतले अधिवेशन सफलताको शुभकामना दिएका थिए ।
प्रेस सेन्टरका केन्द्रीय सदस्य जनकऋषि राई, माओवादी केन्द्रका युवा नेता पूर्ण भुजेल (चिन्तन) ले लगायतका कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
सोही अवसरमा नेपाल पत्रकार महासंघको निर्वाचनमा सेन्टरबाट नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति सुनसरी शाखामा निर्वाचित विनोद वि.क. र प्रदेश परिषद सदस्यमा निर्वाचित धनकुमार राई (मिलन)लाई सम्मान गरिएको थियो ।
अधिवेशनले पत्रकारितासँग सम्बन्धित १२ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । प्रस्तावमा धरान लगायत विभिन्न ठाउँमा जनप्रतिनिधिहरुबाट नै श्रमजीवी पत्रकारहरुमाथि धाकधम्की दिने र प्रेस स्वतन्त्रता कुण्ठित हुने गरी भइरहेको गतिविधिको विरोध गर्दै पत्रकारहरुको भौतिक तथा प्रेस स्वतन्त्रताको रक्षा गर्नुपर्ने लगायत छन् । संगठनले केन्द्रिय समितिको सर्कुलर अनुसार हाल जिल्ला अधिवेशनहरु सम्पन्न हुने क्रममा छन् । यही माघ ११ र १२ गते १ नम्बर प्रदेश समितिको अधिवेशन विराटनगरमा हुँदैछ भने केन्द्रिय अधिवेशन माघ १५ गते हुँदैछ ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]