मुन्दुम पदमार्गलाई पर्यटकीय गन्तव्य बनाउदै टेम्केमैयुङ गाउंपालिका

  • कार्तिक २५, २०८१ / नेपाल रेखा
alt

सन्जिप तिम्सिना

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतसहित जनप्रतिनिधि, पर्यटन व्यवसायी र पर्यटन पत्रकारहरुको टीमले कार्तिकको पहिलो साता मुन्दुम पदयात्रा गरिसकेको छ ।
गाउँपालिकाको केही भागमा मुन्दुम पदमार्ग पर्दछ । गाउँपालिकाले यो पदमार्गसँग जोडेर पर्यटन प्रबद्र्धनका कामहरु गरिरहेको छ । पर्यटनलाई प्राथमिकतामा राखेका गाउँपालिका अध्यक्ष बस्नेतले पदमार्गलाई पालिकासँग जोडेर भरपुर सदुपयोग गर्दै आर्थिक उपार्जन गर्ने योजनामा छन् । त्यसकै लागि अध्यक्ष बस्नेतले गएको कार्तिक ४ गते बाट ९ गतेसम्म एउटा फार्म ट्रिपसहित मुन्दुम पदमार्गमा पदयात्राको आयोजना गरेका थिए।
योसँगै गाउँपालिकाले पर्यटन प्रबद्र्धनका लागि अरु थुप्रै कामहरु गरिरहेको छ । मुन्दुम पदमार्गको विकाससँगै पर्यटन प्रबद्र्धनका लागि गाउँपालिकाले पर्यटन वर्ष पनि मनाउने योजना बनाएको छ । गाउँपालिकाले पदमार्ग पहिचान हुँदादेखि नै सक्रिय रुपमा काम गरिरहेको हो ।
सिलिचुङबाट देखिने मनमोहक दृष्यले जो कोहीको पनि मन लोभिन सक्छ । खोटाङ र भोजपुरको सीमामा पर्ने खिदिमास्थित तावाभञ्ज्याङबाट सुरु भएको मुन्दुम पदमार्ग तीन हजार १६५ मिटरको टेम्केडाँडा हुँदै मैयुङ, तीन हजार ७५० मिटरको साल्पापोखरी तथा चार हजार १५४ मिटरको सिलिचुङसम्म पुगेर टुङ्गिन्छ ।
पूर्वीपहाडी जिल्लाहरू खोटाङ, भोजपुर, सोलुखुम्बु तथा सङ्खुवासभाको सीमामा पर्ने यो मुन्दुम ट्रेल किरात समुदायको ऐतिहासिकतासँग सम्बन्धित छ । यीनै चार जिल्लाको सिमाना जोडिने डाँडैडाडा पदयात्रा गर्दा पर्यटकहरु आनन्दित हुन्छन् । यो पदमार्ग भर्जिन पर्यटकीय गन्तब्यको रुपमा तिब्र रुपमा विकास भइरहेको छ ।
चखेवा बजार तथा शहरीकरण ब्यवस्थापन समितिको आयोजना तथा टेम्केमैयुङ गाउँपालिकाको प्रायोजनमा गाउँपालिकाको पर्यटकीय स्थल चखेवा भञ्ज्याङमा कृषि, पर्यटन र संस्कृति प्रवर्द्धनका लागि आगामी २०८१ बैशाख १ गतेदेखि बैशाख ३ गतेसम्म महोत्सव समेत गरेको थियो ।
प्रारम्भिक चरणमा पदमार्गका रुपमा विकास गरिएको पदमार्गमा सूचना पार्टी, विभिन्न सङ्केत चिह्न राख्ने तथा पदमार्ग निर्माण गर्नेजस्ता कामहरू गरिएको छ । तर, यो पदमार्गमा खानेपानी, सार्वजनिक शौचालय निर्माणको काम गर्न आवश्यक देखिएको गाउँपालिका अध्यक्ष बस्नेतले बताए । अरु पालिका, प्रदेश र संघ सरकारसँग समन्वय गरि पदमार्गलाई थप व्यवस्थित बनाउन पहल गर्ने अध्यक्ष बस्नेतले बताए ।
नेपाल सरकारको सयवटा पर्यटकीय गन्तव्य सूचीमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्ग करिब एक सय सात किलोमिटर लामो दूरीको छ । प्राकृतिक रुपमै पर्यटकीयस्थल रहेको ‘मुन्दुम ट्रेल’ पदमार्गको स्तरोन्नतिमा तीनवटै तहका सरकारको करोडौँ लगानीसमेत भइरहेको छ  ।
मुन्दुम पदमार्गमा एक ९० लाख बढीको लागतमा विभिन्न संरचना निर्माण हुने भएको छ । टेम्केमैयुङ गाउँपालिका, स्वीस सरकार, प्रदेश र सङ्घ सरकारको एक करोड ९० लाख ५० हजार लगानीमा पदमार्गको थप विकास गर्न लागेको हो ।
स्वीस सरकारसँगै तीनवटै तहका सरकारले विकासमा जोड दिएको यस क्षेत्रमा पदमार्ग विस्तार तथा पुनःनिर्माण, स्थानीय वस्तुकला, सूचना बोर्ड, खानेपानी, शौचालयलगायत संरचना निर्माण गरिने भएको हो । यसका लागि गाउँपालिकाको ४५ लाख, प्रदेश सरकारको ५२ लाख १५ हजार, सङ्घीय सरकारको १० लाख ५० हजार र स्वीस सरकारको ४२ लाख ५० हजार बजेट लगानी हुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले जानकारी दिए ।
बजेटबाट पदमार्ग घुम्न आउने पर्यटकलाई लक्षित गरेर थप संरचना निर्माण हुने उनले बताए । “मुन्दुम पदमार्ग देशकै स्थापित पर्यटकीय क्षेत्रका रुपमा विकास भइरहेको छ”, प्रशासकीय अधिकृत पौडेलले भने, “पछिल्लो समय यो पदमार्ग पर्यटकको रोजाइको गन्तव्य बन्दै गएको छ । यो बजेटबाट यसको थप विस्तार र विकास हुनेछ ।”
गाउँपालिका उपाध्यक्ष रमादेवी राईले आगामी आर्थिक वर्षका लागि प्राप्त भएको बजेटबाट पर्यटन प्रवर्द्धनका लागि थप काम गरिने बताइन् । मुन्दुम पदमार्गमा घुम्न आउने पर्यटकलाई लक्षित गरेर गाउँपालिका र प्रदेश सरकारको लगानीमा चखेवामा पर्यटन सूचना केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको उपाध्यक्ष राईले जानकारी दिइन् ।
यो पद मार्गबाट अग्ला हिमशृङ्खला, अग्ला डाँडा, तराईका समथर फाँटको मनोरम दृश्य अवलोकन गर्दै पदयात्रा गर्न सकिने भएकाले छोटो समयमा नै पर्यटकको रोजाइमा पर्न थालेको र त्यसलाई थप व्यवस्थित गर्न आफूहरुले जोड दिइरहेको उनले बताइन् ।
मुन्दुम पदमार्गको यात्राबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्से सार, पिक ३८, चाम्लिङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्णलगायत दुई दर्जनभन्दा बढी सुन्दर हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । त्यस्तै पदमार्गको आसपासमा निर्माण भएका किरात राईहरूको संस्कार, संस्कृति झल्काउने विभिन्न संरचना, घाँसे मैदान, स्थानीय गोठालाले पालेका चौँरी, भेडीचोक लगायतले यात्रा गर्ने पर्यटकलाई आनन्दित बनाउने गरेका छन् ।

गोधुली साँझमा माछा म ...

सुनसरीको कोसी गाउँपालिकास्थित नेपाल-भारत सीमामा पर्ने म ...

तीव्र गतिको हावाहुरी ...

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था ...

वागेश्वरी मन्दिर ...

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित घरबा ...

एस.ई.ई. स्पिकर प्रति ...

धरान । र्याडिकल लाईट नेपाल प्रा.लि. धरानको आयोजनामा सञ् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]