सन् १८८३ मा निर्मित मुद्रण यन्त्र त्रिभुवन विश्वविद्यालयलाई हस्तान्तरण

  • कार्तिक २१, २०८१ / नेपाल रेखा
alt

कुमोद अधिकारी
विराटनगर । पूर्वमन्त्री स्व. राधाप्रसाद घिमिरेको विराटनगरमा–२ रहेको सन् १८८३ निर्मित मुद्रण यन्त्र त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आम सञ्चार विभाग किर्तिपुर काठमाण्डौलाई मंगलबार हस्तान्तरण गरिएकोछ ।
विभागका प्रमुख कुन्दन आर्यालयलाई स्व. घिमिरेकी कान्छी बुहारी दुर्गा घिमिरेले एक समारोह वीच उक्त यन्त्र हस्तान्तारण गरिन् । स्व. घिमिरेले वि.स. २०१५ सालको आम निर्वाचनका लागि पर्चा, पोष्टर छाप्नका लागि भारतको कोलकोत्ताबाट खरीद गरी विराटनगरको रंगेली रोडमा पायोनियर प्रिटिङ्ग प्रेस विस २०१४ स्थापना गरिएको वरिष्ठ पत्रकार मोहन भण्डारीले बताए ।
सो अवसरमा आमसञ्चार विभाग प्रमुख अर्यालले प्राप्त यस यन्त्रले विद्यार्थीहरुलाई पत्रकारिताको इतिहास सम्बन्धी अध्ययनमा सहयोग पुग्ने बताए ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति विजु थपलियाले यस क्षेत्रको पत्रकारिताको इतिहासमा यस यन्त्रले विद्यार्थीहरुलाई जानकारी गराउने हुनाले यो महत्वपूर्ण रहेको विचार राखेका थिए । मावअधिकारीकर्मी सुशील प्याकुरेल, वरिष्ठ पत्रकार कनकमणी दीक्षित, प्राध्यापक कृष्ण पोखरेल, महेन्द्र मोरङ क्याम्पसका प्रमुख रामओवतार शरण, दिनेश श्रेष्ठ लगायतले यस मुद्रण यन्त्रबाट छापिएका तत्कालीन निर्वाचनको पर्चा, पम्पलेट संकलनबाट विद्यार्थीहरुलाई पत्रकारिताको इतिहास अध्ययनमा सहयोग पुग्ने विश्वास जनाए ।
राष्ट्रिय समाचार समितिका सञ्चालक समितिका सदस्य एवं न्यू सृष्टी दैनिक प्रधान सम्पादक शङ्कर खरेलको विशेष पहलमा उक्त मुद्रण यन्त्र विश्वविद्यालयले प्राप्त गरेको आम सञ्चार विभागका प्रमुख अर्यालले सोही अवसरमा जानकारी दिए ।

गोरखा दरबारबाट विधिप ...

गोरखा । बडादसैँको सातौँ दिन शनिवार गोरखा दरबारको दसैँघर ...

पूर्ण लोकतन्त्रको सङ ...

– सरोजकुमार मिश्र मधेसी समाजमा एउटा निकै प्रचलित ...

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

गौरादहमा लालपैनी खोल ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक प ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]