कुमोद अधिकारी
विराटनगर । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा निजी क्षेत्रको लगानी आवश्यक रहेको वताएका छन् ।
विराटनगर नजिक रहेको मोरङको कटहरी गाउँपालिका–१ स्थित कृषि वजारमा बिहीवारदेखि शुरु भएको कृषि एक्सपो–२०८१ को उद्घाटन कार्यक्रममा वोल्दै उनले वैंक तथा वित्तिय संस्था मार्फत निजी क्षेत्रलाई कृषिमा लगानी गर्ने सहज वातावरण वनाउनुपर्ने उल्लेख गरे ।
निजी तथा सहकारीहरुको अपेक्षा अनुरुप लगानी नहुदा कृषिको आधुनिकिकरण तथा व्यवसायी करणमा सोचेजस्तो लगानी हुन नसकेको मन्त्री अधिकारीको भनाई थियो ।
कृषि क्षेत्रको विकासका लागि आर्थिक वर्ष २०८१–०८२ देखि २०९१–०९२ को दशकलाई नेपाल सरकारले कृषि लगानी दशक घोषणा गरेको उनले वताए। लगानी दशक घोषणा गरेसंगै कृषिमा लागानी केहि वृद्धि हुदै गएकाले कृषि क्षेत्रको वजेट पनि वढाउदे लैजानुपर्ने उनको भनाई थियो ।
नेपाली वजारमा दुध तथा दुग्धजन्य पदार्थको खपत नहुदा किसान तथा दुग्ध व्यवसायी मार्कामा परेको वताउदै मन्त्री अधिकारीले डिडिसि मार्फत दुग्ध किसानले पाउने दुधको भुक्तानी दशै अगावै किसानले पाउने वताए। कार्यक्रमा कोशी प्रदेसका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले, कृषिमा आधुनिकिरण र व्यवसायीकरण आवश्यक रहेको वताए । अहिलेको कृषि निर्वाह मुखिमात्र भएको उल्लेख गर्दै उनले प्रदेस सरकारले आफनो नीति तथा कर्यक्रम र वजेटमा निर्यातमुखि तथा औद्योगिक कुषिलाई प्राथमिकतामा राखेको वताए ।
उनले कृषि, पर्यटन तथा जलश्रोत क्षेत्रको विकासका लागि प्रदेस सरकारले चालु आर्थिक वर्षमा निजी क्षेत्रका सहयोगमा कोशी भ्रमण वर्ष तथा इलाममा चिया सम्मेलन आयोजना गर्न लागेको जानकारी दिए ।
कोशी प्रदेसका पुर्व मुख्यमन्त्री केदार कार्कीले कृषिको आधुकिकिरण र व्यवसायिक करणमा तीनै तहको सरकारले ध्यान दिनुपर्ने वताए ।
कार्यक्रमा उद्योग वाणिज्य महासंघ कोशी प्रदेसका अध्यक्ष एवमर एक्स्पो आयोजक संस्थाका अध्यक्ष राजेन्द्र राउतले निर्वाहमुखि कृषिलाई आधुनिकिकरण गर्दै किसान र उद्यमीलाई एउटै मन्चमा ल्याउने उद्देश्यले एक्स्पो आयोजना गरिएको वताए ।
उद्घाटन कार्यक्रममा कटहरी गाउपालिकाका अध्यक्ष देवराज चौधरी, उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष जोत्साना श्रेष्ठ, सहज परियोजनाकी टिम लिडर रिना श्रेष्ठले कृषिको वजारीकरणमा आयोजना हुने यस्ता एक्स्पो उपयोगी हुने वताए ।
चार दिनसम्म चल्ने सो एक्सपोको मन्त्री अधिकारी तथा मुख्यमन्त्री कार्कीले सयुक्त रुपमा उद्घाटन गरेका थिए ।
एक्सपोमा नेपाल र भारतका कृषि तथा औधिगिक उत्तपादनका १ सय ३५ वटा स्टलहरु रहेका छन । एक्सपोमा नेपाल र भारतका १५ जना कृषि विज्ञहरुले सहभागिता जनाएका छन् । उनीहरुले कृषि उत्तपादनका बारेमा किसानहरुसंग छलफल गर्नेछन् ।
उद्योग वाणिज्य महासंघ कोशी प्रदेसको आयोजना तथा कोशी प्रदेस सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालय, विराटनगर महानगरपालिका तथा कटहरी गाउपालिका र सहज परियोजनाको सहयोगमा एक्स्पो आयोजना गरिएको हो ।