इटहरी । नेकपा (माओवादी केन्द्र) निकट नेवाः राष्ट्रिय मुक्ति मोर्चाले शनिबार सुनसरीको इटहरीमा १ नम्बर प्रदेश भेला आयोजना गरेको छ ।
भेलाले इलामका अशोक प्रधानलाई प्रदेश अध्यक्षमा चयन गरेकोछ । उपाध्यक्षहरुमा मोरङका गिताप्रसाद श्रेष्ठ र पूर्णमाया श्रेष्ठ सुनसरीलाई चयन भएका छन् ।
सचिवमा मिलन श्रेष्ठ भोजपुर, सहसचिवहरु लीला प्रधान सुनसरी र अर्थ सचिव यज्ञकुमारी श्रेष्ठ संखुवासभा रहेका छन् । ३५ सदस्यीय १ नम्बर प्रदेश कमिटि गठन गरिएको नवनिर्वाचित अध्यक्ष अशोक प्रधानले जानकारी दिए ।
भेलालाई शुभकामना दिदै माओवादी केन्द्रका प्रदेश १ उपाध्यक्ष शिवकुमार डाँगीले नेवाः राष्ट्रिय मुक्ति मोर्चालाई जिल्ला, पालिकास्तरमा विस्तार गर्न निर्देशन दिए ।
भेलालाई मोर्चाका केन्द्रीय अध्यक्ष दिलीप महर्जन, आदिवासी जनजाती संयुक्त राष्ट्रिय मोर्चा प्रेम मिभक, मोर्चाका केन्द्रीय सचिव उमेश स्थापित, सचिवालय सदस्य चन्द्र उदासलगायतले शुभकामना मन्तव्यमार्फत सम्बोधन गरेका थिए ।
भेलामा प्रदेशका १४ वटै जिल्लामा मोर्चाको सांगठानिक अवस्थाबारे रिपोर्टिङ्ग गरिएको थियो ।