होम्ताङमा घरघरमा नाङ्लो बुनिन्छ

  • साउन १२, २०८१ / नेपाल रेखा
alt

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा बाँसको नाङ्लो बुनेर मनग्य आम्दानी गर्दै आएका छन् । अहिले होम्ताङवासीको भरपर्दो आम्दानीको स्रोत नै नाङ्लो बनेको हो ।
हतुुवागढी–६ लङ्खाका ७५, विथारा एक सय ६५, लुम्बुवा एक सय ३५ तथा हतुवागढी–५ सोया गाउँका करिब ४० परिवारले व्यावसायिक रुपमा नाङ्लो बुन्दै आएका छन् । हतुवागढी–६ का नाङ्लो व्यवसायी राजेन्द्र राई विशेष गरेर नाङ्लो भदौ, असोज र कात्तिक महिनामा सबैभन्दा बढी उत्पादन हुने गरेको बताउनुहुन्छ । दसैँ, तिहार, छठलगायत पर्वका अवसरमा नाङ्लोको बढी माग हुने गरेको उहाँको भनाइ छ ।
यहाँ उत्पादन भएको नाङ्लो बिक्रीका लागि जिल्ला बाहिर पठाउने गरिएको छ । महिनामा १८ हजारदेखि २० हजारसम्म नाङ्लो बजारमा पठाउने गरेको राईले बताउनुभयो । एउटा नाङ्लो औसतमा एक सयदेखि एक सय ५० सम्ममा खरिद बिक्री हुने गरेको उहाँले बताउनुभयो ।
“हाम्रो गाउँका अधिकांशले नाङ्लो बुन्दै आएका छन्”, व्यवसायी राईले भन्नुभयो, “हाम्रो आम्दानीको मुख्य स्रोत नाङ्लो हो । सबै जना मिलेर यहाँ उत्पादन भएको नाङ्लो सङ्कलन गरेर बाहिरका बजारमा पठाउँछौँ । सरदरमा एक महिनामा १९ हजारदेखि २१ हजारसम्म नाङ्लो बजारमा पठाउने गरेका छौँ ।” मासिक २१ लाख बराबरको नाङ्लो बिक्री हुने गरेको छ । गाउँमा नाङ्लो बिक्रीबाट वार्षिक रुपमा दुई करोडदेखि रु दुई करोड ५० लाखको हाराहारीमा रकम भित्रिने गरेको बताउनुभयो । यहाँका एउटा परिवारले मासिक रुपमा न्यूनतम एक सय ५० देखि अधिकतम तीन सय वटासम्म नाङ्लो उत्पादन गर्दै आएका छन् ।
चाडबाडका समयमा सबैभन्दा बढी नाङ्लोको माग हुन्छ । यहाँ बनाइएको नाङ्लो धरान विराटनगर इटहरीलगायत सहरमा बिक्री हुन्छ । चाडबाडका समयमा नाङ्लोको माग बढी हुन्छ । नाङ्लो व्यवसायी प्रकाश राई यसलाई थप व्यवसायिक बनाउन स्थानीय सरकारले ध्यान दिन आवश्यक रहेको बताउनुहुन्छ ।
नाङ्लो बुनेर घर खर्च चलाउँदै आउनुभएका पूजा राईले आफ्ना घरका सबैजनाले नाङ्लो बुन्ने गरेको बताउनुभयो । एक महिनामा एक सय ५० नाङ्लो बुन्ने गरेको उहाँले बताउनुभयो । नाङ्लो बिक्रीबाट वार्षिक रु दुई लाखदेखि रु तीन लाखसम्म आम्दानी हुने गरेको उहाँको भनाइ छ । “नाङ्लो घरबाटै रु एक सय १० मा बिक्री हुन्छ”, उहाँले भन्नुभयो, “हामी घरका सबै सदस्य मिलेर नाङ्लो बुन्छौँ, आम्दानीको स्रोत नै यही हो । खेतबारी थोरै छ । प्रायः सबैले व्यावसायिक रुपमा नाङ्लो बुन्दै आएका छौँ ।”

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]