बरामद सवारी साधनउपर हकदाबी पेस गर्न आग्रह

  • साउन १०, २०८१ / नेपाल रेखा
alt

काठमाडौँ । राजस्व अनुसन्धान विभागले बरामद गरिएका विभिन्न सवारी साधनउपर आफ्नो हकदाबी पेस गर्न आग्रह गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथद्वारा लेखिआएबमोजिम शङ्कास्पद रुपमा चलिरहेका भन्ने सूचनाका आधारमा फेलापारी बरामद गरिएका सवारी साधनउपर हकदाबी पेस गर्न आग्रह गरिएको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “विभागमा दाखिला हुन आएका बरामद सवारीसाधन कोही कसैको भएमा प्रमाण पुग्ने कागजातसहित १५ दिनभित्र दाबी पेस गर्न आज एक सूचनामार्फत आग्रह गरिएको छ, तोकिएको समयमा हकदाबी नपरे ती सवारीसाधन नेपाल सरकारको मातहतमा जाने छन् ।”
विभागले हकदाबी पेस गर्न आग्रह गरेका सवारीसाधनमा लु २८ प ८३४५ नम्बरको बुलेट मोटरसाइकल, को ३६ प ४४४९ र लु ७१ प २०३३ नम्बरका क्लासिक मोटरसाइकल, को ३६ प ९७०१ र बा प्र ०२–०३६ प ४४०५ नम्बरका पल्सर मोटरसाइकल तथा बा ८ च १६११ नम्बरको बागनर कार रहेको सूचना अधिकारी अधिकारीले बताउनुभयो । विभागले हकदाबी पेस गर्न आग्रह गरेका सबै सवारीसाधन काठमाडौँबाट बरामद गरिएका बताइएको छ ।

सामाजिक सञ्जाल नियमन ...

काठमाडौँ । सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन ग ...

इटहरीमा ‘कोशी एक्सिल ...

इटहरी । इटहरीमा रहेको नयन एड्भरटाइजिङ मिडिया प्रालिद्वा ...

स्वास्थ्यप्रति सचेत ...

बलेवा । यहाँको निसीखोला गाउँपालिका–२ कान्लेचौरका ...

लमजुङमा मह बिक्रीबाट ...

लमजुङ । पहाडी जिल्ला लमजुङमा मह उत्पादन बढेको छ । गत वर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]