बरामद सवारी साधनउपर हकदाबी पेस गर्न आग्रह

  • साउन १०, २०८१ / नेपाल रेखा
alt

काठमाडौँ । राजस्व अनुसन्धान विभागले बरामद गरिएका विभिन्न सवारी साधनउपर आफ्नो हकदाबी पेस गर्न आग्रह गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथद्वारा लेखिआएबमोजिम शङ्कास्पद रुपमा चलिरहेका भन्ने सूचनाका आधारमा फेलापारी बरामद गरिएका सवारी साधनउपर हकदाबी पेस गर्न आग्रह गरिएको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “विभागमा दाखिला हुन आएका बरामद सवारीसाधन कोही कसैको भएमा प्रमाण पुग्ने कागजातसहित १५ दिनभित्र दाबी पेस गर्न आज एक सूचनामार्फत आग्रह गरिएको छ, तोकिएको समयमा हकदाबी नपरे ती सवारीसाधन नेपाल सरकारको मातहतमा जाने छन् ।”
विभागले हकदाबी पेस गर्न आग्रह गरेका सवारीसाधनमा लु २८ प ८३४५ नम्बरको बुलेट मोटरसाइकल, को ३६ प ४४४९ र लु ७१ प २०३३ नम्बरका क्लासिक मोटरसाइकल, को ३६ प ९७०१ र बा प्र ०२–०३६ प ४४०५ नम्बरका पल्सर मोटरसाइकल तथा बा ८ च १६११ नम्बरको बागनर कार रहेको सूचना अधिकारी अधिकारीले बताउनुभयो । विभागले हकदाबी पेस गर्न आग्रह गरेका सबै सवारीसाधन काठमाडौँबाट बरामद गरिएका बताइएको छ ।

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

गौरादहमा लालपैनी खोल ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक प ...

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]