दुषित खाद्य पदार्थ उत्पादन गर्ने २१ वटा उद्योगउपर मुद्दा दायर

  • साउन ९, २०८१ / नेपाल रेखा
alt

कुमोद अधिकारी
विराटनगर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले गत आर्थिक वर्ष २१ वटा खाद्य उद्योग तथा व्यवसाय उपर मुद्दा दायर गरेको छ ।
न्यून गुणस्तर तथा दुषित खाद्य पदार्थ उत्पादन गर्ने उद्योग उपर खाद्य तथा दाना ऐन वमोजिम मुद्दा दायर गरिएको र ६ वटा उद्योग अनुसन्धानको क्रममा रहेको सो कार्यालयले जनाएको छ ।
विराटनगरमा मंगलबार आयोजना गरेको आर्थिक वर्ष २०८०–०८१ को कार्यालयको आर्थिक प्रगति समीक्षा गोष्ठीमा सो अवधिमा १ सय २८ वटा खाद्य उद्योग निरिक्षण, ८३ वटा होटल रेस्टुरेन्ट अनुगमन साथै ८८ पटक वजार अनुगमन गर्दा कैफियत देखिएका उद्योग पसलमा आवश्यक निर्देशन, बयान तथा नियमानुसार कारवाही गरेको जनाएको छ । कार्यालयको गत आर्थिक वर्षको तथ्यांक अनुसार नयाँ उद्योग स्थापना हुने क्रम समेत वढेको पाइएको छ । गतवर्ष २ सय २० वटा नयाँ उद्योग स्थापनाका लागि अनुज्ञापत्र लिएको कार्यालयका खाद्य अनुसन्धान अधिकृत दिनेश सुवेदीले वताए ।
उनका अनुसार २ सय ८३ वटा खाद्य उद्योग स्थापनाका लागि सिफारिस भएकोमा २ सय २० नयाँ उद्योग स्थापना लागि अनुज्ञापत्र लिएका छन् । त्यसमध्ये सवैभन्दा वढि खाद्यान्न तथा दलहन प्याकेजिङ साथै दुध तथा दूग्धजन्य वस्तु उत्पादन सम्वन्धि उद्योग रहेका छन् । कार्यालयले गत वर्ष ४६ सय ६४ खाद्य तथा दाना पदार्थको नमुना विश्लेषण गरेकोछ । कोशी प्रदेसमै एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त कार्यालयको अनुसन्धान प्रयोगशालाबाट नमूना विश्लेषण गरिएको हो । गत महिनादेखि खाद्य तथा दाना पदार्थमा ढुसीबाट निस्कने अफलाटोक्सिन नामको विषालु रसायन परिक्षण सेवा समेत कार्यालयले विस्तार गरेकोछ ।
खाद्य योगशिल क्याफिन तथा वेन्जोयीक एसिडको परिक्षण कार्य समेत पुनः सुचारु गरेको र सो प्रयोगशालाले एक्रीडीटेसन तर्फका विश्लेषण क्षमता विस्तार गर्ने लक्ष्य राखेको छ । गत महिना कार्यालयले प्रतिवन्धित भण्डारण तथा विक्रि गरेको सूचनाको आधारमा १ लाख ७२ हजार मूल्य बराबरको २२ सय केजी खेसरीको दाल समेत कार्यालयले नष्ट गरेको छ । कार्यालयले प्रगति विवरण सार्वजनिक गर्दै गतवर्ष ८० प्रतिशत वित्तीय प्रगती भएको र ३९ लाख रुपैया राजश्व संकलन गरेको कार्यालयका सूचना अधिकारी समेत रहेका खाद्य अनुसन्धान अधिकृत सुवेदीले वताए ।
कार्यालयका प्रमुख विजय खनालले सुरुको ३ महिना वजेट प्राप्तीको अन्योलता विच पनि कार्यालयले तोकिएको भन्दा वढि लक्ष्य हाशिल गरेको वताए ।
उनले कार्यालयमा आवश्यकता अनुसार कर्मचारी नहुदापनि सेवा प्रवाहमा कुनै कसर बाँकी नराखेको भन्दै उनले उपभोक्ताको गुनासो सम्वोधन, अनुगमन र प्रयोगशालाबाट विश्वसनीय सेवा कार्यालयले प्रदान गर्दै आएको वताए । आगामी हप्ता लागू हुने नयाँ खाद्य स्वच्छता गुणस्तर ऐन–२०८१ लागु गराउन तथा कार्यालयको सेवा प्रवाह थप विस्तार गर्न आवश्यक जनशक्ति तथा श्रोत साधनको कमि रहेको उनको भनाइछ । सो कार्यालयले कोशी प्रदेसका १४ वटै जिल्लामा सेवा प्रदान गर्दै आएको छ । कार्यालयको कोशी प्रदेसमा चारवाट डिभिजन कार्यालय रहेका छन् ।

गोधुली साँझमा माछा म ...

सुनसरीको कोसी गाउँपालिकास्थित नेपाल-भारत सीमामा पर्ने म ...

तीव्र गतिको हावाहुरी ...

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था ...

वागेश्वरी मन्दिर ...

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित घरबा ...

एस.ई.ई. स्पिकर प्रति ...

धरान । र्याडिकल लाईट नेपाल प्रा.लि. धरानको आयोजनामा सञ् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]