विराटनगरमा डेंगु नियन्त्रणको अभियान व्यापक बनाइदै

  • असार ३०, २०८१ / नेपाल रेखा
alt

विराटनगर । विराटनगर महानगरपालिकाले डेंगुको संक्रमण नियन्त्रणका लागि विभिन्न अभियान सञ्चालन गरेको छ ।
महानगरले ‘खोज र नष्ट गर’ अभियान १९ वटै वडामा जारी राखेको छ । डेंगु नियन्त्रणको अभियानलाई थप प्रभावकारी बनाउन महानगर प्रहरी र सफाई कर्मचारीहरुलाई तालिम दिएको छ । महानगरको स्वास्थ्य महाशाखाको आयोजनामा शुक्रबार उनीहरुलाई एकदिने अभिमुखीकरण तालिम दिएको हो । डेंगुको संक्रमण कसरी हुन्छ, डेंगुलाई कसरी नियन्त्रण गर्न सकिन्छ, डेंगु लागेमा के गर्नेलगायतका विषयमा सहभागीहरुलाई जानकारी गराइएको थियो । स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीप यादव र स्वास्थ्य अधिकृत रमेश कार्कीले डेंगु नियन्त्रणमा महानगर प्रहरी र सफाई कर्मचारीको भूमिकाका विषयका विषयमा अवगत गराएका थिए । साथै उनीहरुले डेंगुको संक्रमण रोक्न के–के गर्नुपर्छ भन्ने विषयमा पनि जानकारी गराए । सफाई शाखाका सुपरभाइजर र महानगर प्रहरी सहभागी अभिमुखीकरणले डेंगु नियन्त्रणमा ठूलो मद्दत पुग्ने स्वास्थ्य महाशाखाका संयोजक यादवले बताए । मेयर नागेश कोइरालाको निर्देशनमा डेंगु नियन्त्रणको अभियानलाई व्यापक बनाउँदै लगेको यादवले जानकारी दिए । मनसुनसँगै देशका विभिन्न स्थानमा डेंगु संक्रमण व्यापक बन्दै गएकाले महानगरले पनि पूर्वतयारी गरेको यादवको भनाइ थियो । सफाई कर्मचारी र महानगर प्रहरी फिल्डमा खटिने भएकाले डेंगु नियन्त्रणमा उनीहरुको भूमिका महत्वपूर्ण हुने स्वास्थ्य अधिकृत कार्कीले बताए । सचेतनामूलक ब्यानर बनाएर सफाई कर्मचारीमार्फत सबै वडामा वितरण गरिनेछ । फ्रिज, कुलर, वासिङ मेसिन, टायरलगायत जमेको सफा पानीमा डेंगु सार्ने लामखुट्टे बस्ने गरेको छ ।
एक्कासि उच्च ज्वरो आउनु (१०२ डिग्री), ५ देखि ६ दिनसम्म ज्वरो नघट्नु, आँखाको जेडी दुख्ने, ढाड, जोर्नी तथा मांसपेशीहरु दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा राता बिमिराहरु देखापर्नेजस्ता डेंगुका लक्षणहरु देखिने चिकित्सकहरुले बताउँदै आएका छन् । चिकित्सकका अनुसार एडिस एजिप्टि नाम रहेको लामखुट्टेको महिला प्रजाति डेंगुका प्रमुख भेक्टर हुन् । दिनमा मान्छेको रगत चुसेर बाँच्ने यो प्रजाति मानिसको शरीरको प्राकृतिक गन्धबाट आकर्षित भई धेरैमा रोग सार्ने क्षमता राख्दछन् । भेक्टरले टोकेपछि भाइरसलाई मानिसको रगतमा जम्मा गर्छ र मानिसको शरीरमा फैलिन्छ । रगत खाइसकेपछि यसले ताजा पानी जम्मा गरेको भाँडाकुँडा खोजेर अण्डा पार्ने गर्छ । एउटा पानीको स्रोतमा १०० देखि २०० सम्म अण्डा पार्न सक्छ भने एकपटकमा कैयौं स्रोतमा अण्डा जम्मा गर्छ । यसका अण्डा निर्जलीकरण प्रतिरोधात्मक भएकाले यस भेक्टरको जनसंख्या तीव्र गतिमा बढ्ने गरेको छ । संक्रमित व्यक्तिको रगत चुस्दा भाइरस नबोकेको लामखुट्टेमा भाइरस पसि संक्रमण प्रक्रिया बढाउने चिकित्सकहरुको भनाइ छ ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]