विराटनगर महानगरद्वारा अनुदानमा कृषि औजार वितरण

  • असार २१, २०८१ / नेपाल रेखा
alt

विराटनगर । विराटनगर महानगरपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको छ । कृषिलाई आधुनिकीकरण र यान्त्रीकरण गर्ने उद्देश्यले कृषि औजार वितरण गरिएको महानगरले जनाएको छ ।
बिहीबार महानगर परिसरमा आयोजित कार्यक्रममा महानगरका विभिन्न वडाका कृषक समूह, कृषि सहकारी र कृषि फर्मलाई १९ लाख १० हजार ६ सय रुपैयाँ बराबरको कृषि औजार वितरण गरेको हो । कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले कृषि औजार वितरण गरे । कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले महानगरले औजार वितरण गरेको मेयर नागेश कोइरालाले बताए । महानगर क्षेत्रभित्र पनि कृषकहरुको संख्या धेरै नै भएकाले उनीहरुको प्रोत्साहित गर्न कृषि औजार वितरण गरिएको मेयर कोइरालाले स्पष्ट पारे ।
वडाध्यक्ष तीर्थेन्द्र नेउपाने, आर्थिक महाशाखाका प्रमुख दीपक पौडेलसमेतको उपस्थितिमा भएको कार्यक्रममा महानगरले विराटनगर–१८ स्थित महिला बिऊ उत्पादन कृषक समूहलाई मकैको थ्रेसर, १६ नम्बर वडाको दरैया कृषि सहकारीलाई गहुँ थ्रेसर, विराटनगर–४ को इक्राही बहुउद्देश्यीय कृषि फर्मलाई धान थ्रेसर वितरण गरिएको कृषि शाखाका प्रमुख खगेश्वर तिम्सिनाले जानकारी दिए । त्यस्तै न्यू लक्ष्मी कृषक समूह विराटनगर–१८ लाई धान काट्ने मेसिन (रिपर), रामजानकी कृषक समूह विराटनगर–१४ र आदर्श कृषक समूह विराटनगर–१८ लाई रोटाभेटर वितरण गरिएको छ । विराटनगर–१८ कै न्यू जागृति कृषक समूहलाई कल्टी, शिव कृषक समूह विराटनगर–६ लाई मिनिटिलरसहित विभिन्न समूहलाई २० वटा स्प्रे मेसिन वितरण गरिएको तिम्सिनाले जानकारी दिए ।
महानगरले यसअघि ५० प्रतिशत अनुदानमा विभिन्न बिउविजनका साथै ढुवानी अनुदानको मलसमेत व्यवस्थापन गरेको छ ।

सडककाे दुरावस्था ...

केही दिनदेखिकाे वर्षाका कारण सुनसरीको इनरुवा नगरपालिका- ...

पुलको ड्याम पुर्ननिर ...

कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ स्थित महाकाली ...

समाजका लागि केही गर् ...

हामीले सुरु गरेको ‘व्यक्तित्व परिचर्चा’ कार ...

कोशी प्रदेशसभामा बजे ...

विराटनगर । कोशी प्रदेशसभाको आइतबारको बैठकमा आगामी आर्थि ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]