एमाले कांग्रेसको गठबन्धन असंवैधानिक र अलोकतान्त्रिक – प्रवक्ता सापकोटा

  • असार २१, २०८१ / नेपाल रेखा
alt

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको सहमति असंवैधानिक र अप्राकृतिक भएको बताएका छन् ।
पार्टीको प्रचार विभागका ईन्चार्ज समेत रहेका सापकोटाले विभागको बिहीबारको छलफलमा धारणा राख्दै संविधानमा बलियो प्रतिपक्षको कल्पना गरिएको र त्यसको लागि दुई ठूला दल मध्ये एउटा सत्तापक्षमा र अर्को प्रतिपक्षमा रहने कुरा प्राकृतिक हुने बताउँदै अहिले भएको भनिएको गठबन्धन संवैधानिक हुन नसक्ने दावी गरे ।
उनले यो गठबन्धन अलोकतान्त्रिक र सत्तालिप्सामा केन्द्रीत भएको समेत आरोप लगाएका छन् । उनले आफुलाई लोकतान्त्रिक दल दावी गर्ने कांग्रेस र एमालेले मध्यरातमा गरेको भनिएको सहमति चार दिनसम्म सार्वजनिक गर्न नचाहने र आफ्नो बैठकमा समेत नदेखाउने कार्य अलोकतान्त्रिक नै भएको बताए ।
उनले एमाले अध्यक्ष केपी ओेलीले प्रधानमन्त्रीलाई पुरै ढाँटेर झुक्याएको र गम्भिर धोका दिएको बताए । माओवादी अध्यक्ष प्रचण्ड एमालेसहितको वाम एकताको लागि प्रतिवद्व भएको तर एमाले अध्यक्ष ओली माओवादी सक्ने नियोजित षड्यन्त्रमा रहेको पुष्टि भएको उनले बताए ।
उनले प्रधानमन्त्री प्रचण्डले तत्काल राजिनामा नदिने र संवैधानिक अधिकार प्रयोग गर्दै संसदबाट विश्वासको मत फेस गर्ने स्पष्ट पारे । उनले त्यसपछि राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम नै सरकार निर्माणको आव्हान गर्नुपर्ने बताए ।
उनले माओवादी प्रतिपक्षमा बसेर जनताको पक्षमा काम गर्न तयार रहेको र आगामी निर्वाचनमा विजय प्राप्त गर्न लाग्ने बताए ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]