विराटनगर महानगरद्वारा डेंगु फैलिन नदिन ‘खोज र नष्ट गर’ अभियान सञ्चालन

  • असार २०, २०८१ / नेपाल रेखा
alt

विराटनगर । विराटनगर महानगरपालिकाले डेंगुको रोग नियन्त्रण तथा रोकथामका लागि १९ वटै वडामा डेंगु रोग सार्ने लार्भा नष्ट गर्ने अभियान तीव्र बनाएको छ । डेंगु सार्ने लार्भा नियन्त्रणका लागि महानगरले हरेक वडा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुका साथै खोज र नष्ट गर अभियानमा सञ्चालन गरेको हो ।

अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयमसेविकासहित सरोकारवालाहरुको सहभागितामा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको छ । स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीपकुमार यादवका अनुसार टायरमा जमेको पानी, स्थिर रुपमा भाँडा, बोटल, प्लाष्टिकलगायतमा जमेको पानी, कुलर र एसीको पछाडिको पानीलगायतमा डेंगुको संक्रमण सार्ने लामखुट्टेले फूल पार्छ । जसको टोकाइबाट डेंगुको संक्रमण हुन्छ ।

टायर, ड्रम, गमला, फ्रिज, कुलरसहित लामो समयदेखि जमेको पानीमा डेंगु सार्ने लामखुट्टे बस्ने गर्दछ । डेंगु नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय घरभित्र र वरिपरि पानी जम्न नदिनु नै रहेको डा. यादवको भनाइ छ ।विराटनगर महानगरपालिकामा डेंगुको संक्रमण नफैलियोस् भनेर  ‘खोज र नष्ट अभियान’ महानगरलाई तीव्रता दिएको मेयर नागेश कोइरालाले बताए ।

मेयर कोइरालाले महानगरका १९ वटै वडामा स्वास्थ्यकर्मी परिचालन गरेर डेंगु नियन्त्रणको अभियान सुरु गरिएको जानकारी दिए । उनले डेंगुको संक्रमण फैलिन नदिन टायर, ड्रम, गमला, फ्रिज, कुलरसहित लामो समयदेखि पानी जम्न नदिन महानगरवासीलाई आग्रह पनि गरे। महानगरमा हालसम्म १ जनामा डेंगुको संक्रमण देखिएको छ ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]