टेङ्ग्रा र खेती खोलामा बनाइएका घर (संरचना) भत्काउनेबारे जनप्रतिनिधि, र नागरिकको धारणा–श्रृङ्खला–२

  • असार ४, २०८१ / नेपाल रेखा
alt

इटहरी । लक्ष्मी धिताल (प्रोपाइटर सितल इलेक्ट्रोनिक्स इटहरी) इटहरी उपमहानगरपालिकाले टेंग्रा खोला सफा गर्ने कार्य करिव ८० प्रतिसत सकिएकोछ । खेती खोला सफा गर्नका लागि इटहरी उमनपाले सूचना प्रकाशन गरेको छ । उपमहानपाको यो प्रशंसनीय कार्य हो खोला अतिक्रमण गरेर बनेका घर तथा संरचनाका कारण खोलामा पानी बग्न नपाएर इटहरी बजार डुवान हुने गरेको थियो । खोला सफा भए पछि पानी बग्न पाउने छ र इटहरीको डुवान समस्या समाधान हुने छ । खोला सफा गर्दा केही घरहरु भत्कने सम्भावना रहेको छ । घर नक्सा पास भएका घरहरु भत्काउँदा क्षति पूर्तिको व्यवस्था हुनु पर्छ । त्यसै गरी ऐलानी जग्गामा बस्नेहरुको उठीवास हुने अवस्था छ भने उमनपाले वस्ने वासको व्यवस्थ मिलाउनु पर्ने हुन्छ । बर्सेनि व्यापारीहरुको व्यापारिक वस्तु लाखौको नोक्सान हुनबाट बचाउने कार्य प्रसंसनीय छ । वर्षा याम शुरु भइसकेकाले सक्दो चाँडो खोला सफा गरिनु पर्छ ।

बालिका भट्टराई (अध्यक्ष नागरिक समाज इटहरी) वर्षा याममा बर्सेनि इटहरी डुवान हुने कारण टेङ्ग्रा खोला र खेती खोला हो । दुवै खोला अतिक्रमण गरेर मानिसहरुले घर निर्माण गरेकाले खोला बग्न नपाएपछि डुवान हुने गरेको छ । इटहरी उमनपाले खोला सफा गर्ने निर्णाय गरेर उदाहरणीय कार्य गरेको छ । इटहरीवासीले उपमहानगरलाई खोला सफा गर्ने कार्यमा साथ दिनु पर्ने हुन्छ । खोला सफा गर्दा खोलामा परि भत्काउनु पर्ने अवस्थाका घरधनीहरुलाई बोलाएर छलफल गराएर के के समस्या छन् सबै समस्याहरुलाई सम्बोधन गरेर खोला सफा गर्नै पर्छ । खोलामा परेका घरहरुका बारेमा कसैको उठीवास लाग्ने अवस्था छ भने ती मानिसहरुको वसोवासको लागि सरकारले व्यवस्था मिलाउनु पर्छ । विगतमा खोलामा सडकमा पर्ने जग्गाहरु कसरी व्यवस्थापन गरियो अन्य पालिकहरुले यस्ता समस्याहरुलाई कसरी समाधान गरेका छन् त्यसबाट पनि केही सिक्न सकिन्छ । खोला सफा गर्नु पर्छ त्यसमा दूईमत छैन, खोला अतिक्रमण गरेर बनेका घरहरु भत्काउने कार्यमा इटहरीवासीले उमनपालाई साथ दिनु पर्ने हुन्छ ।

देव नारायण चौधरी (६ नं. वडाध्यक्ष) खोला सफा गर्नु राम्रो कुरा हो हामी जनप्रतिनिधिले जनताको कुरा पनि सुन्नु पर्छ । खेती खोला सफा गर्दा शुरु अवसथमा १५ घर भत्किनेमा चिनो लागी सकेको छ चिनो लाउने क्रम जारी छ । करिव १५० घरहरु पर्ने सम्भावना रहेकोछ । कही पक्की घरहरु छन् केही इटाको घेरावारा र टिनको छाना भएका घरहरु छन् । कतिपयको उठीवास लाग्ने अवस्था देखिन्छ । आयोगले दिएको जग्गा धनी प्रमाण पूर्जाहरु छन् नम्वरी जग्गा र ऐलानी जग्गामा घरहरु भएकाले नगरपालिकाले वार्ताबाट मार्का पर्ने सबैलाई सम्बोधन गर्नु पर्छ ।

BALIKA-LAXMI-DEV

रमेश खत्री– (यातायात व्यवसायी) बर्खा लागेपछि इटहरी शहर डुवानमा पर्ने गर्छ । यो इटहरीको दीर्घकालीन समस्याका रुपमा हामीले भोग्दै आएका छौं ।
जुन सुकै राजनीतिक दलले पनि आफ्नो चुनावी घोषणापत्रमा इटहरीलाई डुबानमुक्त बनाउँछौं भन्ने नारा दिन्छन् । तर, पदमा पुगेपछि यो नारालाई सार्थकतामा पुर्याउन सकेको देखिदैन । यसपाली मेयर हेमकर्ण पौडेलले टेङ्ग्रा खोला सफाई थाले यसको स्वागत गर्नुपर्छ । उनलाई साथ दिनुपर्छ । तर, यसमा कमजोरी पनि भएको छ । जस्तो टेङ्ग्राको उत्तरी क्षेत्रमा गरिबका घर भत्काइयो, जनतासँग प्रत्यक्ष सरोकार राख्ने इन्खा एकीकृत अस्पतालमा डोजर हानियो तर, दक्षिणतर्फ प्रवेश गर्ने वित्तिकै काम ठप्प भयो । यस्तो किन भयो ? यसको उत्तर कसले खोज्ने हो ? जव डोजर दक्षिण प्रवेश गर्यो पहुँचवाला, नेता, व्यापारी, उद्योगीको कब्जामा पर्यो सफाई बन्द भयो र एक्कासी उपमहानगरपालिका खेतिखोलातर्फ फड्कियो, टेङ्ग्रा खोला सफाइ निचोडमा पुगेन । यसरी टेङ्ग्रा कोरिडोर सफल हुने देखिदैन । टेङ्ग्रा खोला सफाईका नाममा यसको दायाँबायाँ बस्ने नागरिकप्रति समान व्यवहार उपमहानगरपालिको तर्फबाट झल्किएको देखिदैन । उपहानगर सरकारको इटहरीवासीप्रति समान व्यवहार देखिनु पर्यो । यसकारण धन्यवाद चाँही दिन सकिएन ।


द्रुपद अधिकारी (प्राविधिक घर, नक्सा, एड्भान्स विल्डिङ) इटहरी नगर सरकारले नीति, विधि बनाएर त्यसका आधारमा खोला सरसफाई गरि इटहरीवासीलाई बाढी–डुबानबाट बचाउन जुन प्रयास गरिरहेको छ यो राम्रो छ । यस अभियानलाई सफलतामा पुर्याउनु आवश्यक छ । जुन सेट व्याकको विषय छ त्यसलाई अलिक घटाउने हो भने खोला आसपास बसोवासीले राहत पाउने थिए । खोला सरसफाई गरि नगरको सौन्दर्यकरण गर्ने विषय यो नगर सरकारको दायित्व र जिम्मेवारीको विषय हो । यस्तो महत्वपूर्ण विषयलाई इटहरीवासीले साथ दिन हिचकिचाउनु हुदैन ।

मिना रसाइली (६ नम्बर वडा सदस्य) हामीले उपमहानगरको तर्फबाट टेङ्ग्रा खोला, खेति खोला सरसफाई गर्ने अभियानमा नगरवासीको तर्फबाट विरोध र समर्थन दुवै पाइरहेका छौं । कतिपय नगरवासीहरुको बढी नै पिर मर्का परेर गुनासो गर्दै हारगुहार माग्न पनि आउनु भएको छ उहाँहरुको सत्यतथ्य बुझी हामीले क्षतिपूर्ति दिनेगरि पनि छलफल चलाउनु पर्ने देखिन्छ । हामी जनप्रतिनिधि भएर गएपछि कुर्सीमा बस्नु मात्र ठुलो कुरा होइनजस्तो लाग्छ, जनताको पीर मार्का बुझी समस्या समाधान गर्नु चाँही मुख्य कुरा हो । खोला सरसफाई गर्दा उठिबास हुने जनतालाई विकल्प दिनुपर्छ । सर्वेसर्वा भएर जनताको कुरा सुनेनौ भने हामीले जनप्रतिनिधि भएको कुनै अर्थ हुनेछैन । अर्कोतिर जनताले पनि सरकारी जग्गा हो भन्ने बुझिसकेपछि आफैं छाडेर इटहरी नगर सरकारलाई सहयोग गर्ने हिम्मत पनि गर्नुपर्छ ।

गोधुली साँझमा माछा म ...

सुनसरीको कोसी गाउँपालिकास्थित नेपाल-भारत सीमामा पर्ने म ...

तीव्र गतिको हावाहुरी ...

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था ...

वागेश्वरी मन्दिर ...

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित घरबा ...

एस.ई.ई. स्पिकर प्रति ...

धरान । र्याडिकल लाईट नेपाल प्रा.लि. धरानको आयोजनामा सञ् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]