अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को प्रदेश १ को प्रथम सम्मेलन सम्पन्न

  • वैशाख ३१, २०८१ / नेपाल रेखा
alt

इटहरी । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को प्रदेश १ को प्रथम सम्मेलन किसानहरूको हक, हित र अधिकार एवम् कृषि क्षेत्रको समग्र विकासका लागि समसामयिक प्रस्तावहरू पारित गर्दै सम्पन्न भएको छ ।
सुनसरीको तरहरामा शनिबार सम्पन्न भएको सम्मेलनबाट घनश्याम थापाको अध्यक्षतामा १ सय २५ सदस्यीय प्रदेश समिति गठन गरिएको छ ।
सम्मेलनबाट प्रदेश उपाध्यक्षहरूमा नरेन्द्र खतिवडा, चन्द्र न्यौपाने, तारा उपाध्याय, निशान किराँती, डम्बरकुमारी घिमिरेलाई चयन गरिएको छ । प्रदेश सचिवमा रुद्र अधिकारी र सहसचिवहरूमा. जीवन राई, झमक पराजुली (राजन), दिनेश फुयाँल रहेका छन्। प्रदेश कोषाध्यक्षमा पार्वती घिमिरे (कल्पना) रहेकी छन् ।
सम्मेलनमा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा प्रदेश इन्चार्ज एवम् पूर्व कृषि विकास मन्त्री हरिबोल गजुरेलको प्रमुख आतिथ्यता रहेको थियो भने अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठको विशिष्ट आतिथ्यता रहेको थियो ।
सोही पार्टीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङ (मिक्सो), पार्टी केन्द्रीय सदस्य तथा किसान कमाण्ड इन्चार्च सरस्वती पोखरेल, महासंघका उपाध्यक्ष एवम् प्रदेश इन्चार्ज केपी बराल, महासंघका महासचिव नहेन्द्र खड्का, पार्टीका प्रदेश उपाध्यक्ष तथा किसान फ्य्राक्सन इन्चार्ज शिव डाँगी लगायतको उपस्थितिमा सम्मेलन सम्पन्न भएको थियो ।

Kisan Mahasagh

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]