आफैँसँग एकाकार गर्ने ‘लय विज्ञान’ सम्पन्न

  • वैशाख ३१, २०८१ / नेपाल रेखा
alt

काठमाडौं । मानिसलाई ईश्वरीय तत्वसँग साक्षात्कार गराउँदै ‘लय विज्ञान’ आइतबार सम्पन्न भएको छ ।
जीवन विज्ञानको आयोजनामा वैशाख २३ गतेदेखि काठमाडौंको बानेश्वरमा सुरु भएको सात दिवसीय ध्यान साधनामुखी कार्यक्रम आइतबार सकिएको हो ।
कार्यक्रममा सहभागीले आफुले आफैँसँग साक्षात्कार गर्दै आफुभित्रको खुसी भेट्टाउन मद्दत गरेको बताएको छन् । उनीहरूले आफुमा रहेका शारीरिक, मानसिक र भावनात्मक कमजोरीहरू हटाउन र सकारात्मक र ऊर्जाशील जीवन जिउन सहज भएको बताएका छन् ।
जगतप्रसाद लम्सालले ध्यानको माध्यमबाट आफ्नो सङ्कल्प शक्ति बढेको बताउँदै युवाहरूका लागि यो कार्यक्रम उपयोगी रहेको बताउँनुभयो । बोध र लय विज्ञान कार्यक्रम पृथक र जीवन परिवर्तनका लागि आवश्यक रहेको उहाँको भनाइ छ ।
लय विज्ञानले आफु भित्रको खुसी भेट्टाएको बताउँदै सहभागी कल्पना घिमिरेले सत्सङ्ग, साधना र सेवाले मात्र जीवन खुसी, सफल र मुक्त हुने ज्ञान पाएको अनुभव सुनाउनु भयो । पदमराज सुवेदीले लय विज्ञानबाट ध्यानको दिव्य ज्ञान पाएको बताउँदै ध्यानलाई फैलाउन लागि पर्ने बताउँनुभयो ।
सात दिनसम्मको योग र ध्यान साधनामा जीवन विकास विशेषज्ञ श्रद्धेय रमेश नेपाल र एल पि भानु शर्माले योग, ज्ञान र ध्यानका माध्यमबाट सहभागीलाई आफुसँग एकाकार गराई जीवन, जगत र ईश्वरीय तत्वबिचको अन्तरसम्बन्ध स्पष्ट पार्नु भएको थियो । अध्यात्म र मनोविज्ञानका वैज्ञानिक र प्रयोगात्मक सूत्रहरूको प्रयोग गरी सहभागीलाई स्वबोध गर्न र आफुसँग एकाकार बनाउँन अभ्यासहरू गराउनु भएको थियो ।
कार्यक्रममा कर्मचारी, शिक्षक, व्यवासायी, विद्यार्थीलगायत विभिन्न क्षेत्रका व्यक्तिहरू देशका विभिन्न ठाउँ र नेपाल बाहिरका विभिन्न देशबाट चार सयबढी सहभागी थिए् ।

गर्मी छल्न पौडी ...

सुनसरीको इनरुवा नगरपालिका-६ स्थित सुनसरी मोरङ सिचाइँ आय ...

गृहमन्त्रीलाई ज्ञाप ...

बाराको निजगढमा मङ्गलबार गृहमन्त्री सुधन गुरुङ ...

भानुजयन्ती प्रभातफेर ...

आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीका ...

मादी माध्यमिक विद्या ...

इटहरी । संखुवासभाको मादी माध्यमिक विद्यालय पूर्व विद्या ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]