प्राचिन हरिद्धार चतरामा संकटमोचन श्रीहनुमद् महायज्ञ तयारी अन्तिम चरणमा

  • चैत्र २२, २०८० / नेपाल रेखा
alt

चतरा । प्राचिन हरिद्धार चतरामा लाग्ने महाकुम्भ महोत्सवको अवसर पारेर जगदगुरु श्रीरामानन्दचार्य सेवा पिठ चतराधाममा आयोजना गरिने संकटमोचन श्रीहनुमद् महायज्ञ लगायतको तयारी अन्तिम चरणमा पुगेको छ ।
कुम्भ मेलाको समयमा नजिकीसंगै जगदगुरु श्रीरामानन्दचार्य सेवा पिठ चतराधाममा आयोजना गरिने संकटमोचन श्रीहनुमद् महायज्ञ लगायतको तयारी अन्तिम चरणमा पुगेको हो ।
जगदगुरु श्रीरामानन्दचार्य सेवा पिठ चतराधाममा रहेको हनुमान मन्दिर प्राङगणमा आयोजना गरिने संकटमोचन श्रीमनुमद् महायज्ञ लगायतका धार्मिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको पिठमा उपाध्यक्ष गोविन्दबाबु तिवारीले जानकारी गराए । उनले एघार दिवसीय हनुमद् महायज्ञ, श्रीरामकथा, बागेश्वरधाम सरकारले श्रीराम मन्दिरको शिलान्यास गर्ने लगायतका कार्यक्रमहरु आयोजना गरिने समेत वताए । सो अवसरमा दैनिक एक लाख बढी भक्तजनहरुको सहभागिता हुने अनुमान गरिएको उपाध्यक्ष तिवारीले जानकारी दिए ।
महायोगी सिद्धबाबाको सत्संकल्प अनुसार सञ्चालन गरिने श्रीहनुमद् महायज्ञका लागि हवन मण्डप, हवन कुण्ड, आवास व्यवस्थापन, भोजनालय एवं धिरेन्द्रकृष्ण शास्त्री बागेश्वर धाम सरकारको कथा प्रवचनका लागि पण्डालको व्यवस्थापन, खाना व्यवस्थापन, शौचालय, व्यवस्थापन गर्ने अन्तिम चरणमा पुगेको जनाइयो । चैत्र २७ गतेबाट सुरु हुने कुम्भ मेलाका अवसरमा जगदगुरु श्रीरामानन्दचार्य सेवा पिठ चतराधाममा पनि सोही दिन देखि आगामी बैशाख २७ गते एक महिना सम्म विभिन्न धार्मिक कार्यक्रम आयोजना गरिने भएको छ ।

विराटनगर महानगर क्षे ...

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ ज ...

राउण्ट टेवल नेपालद्व ...

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन् ...

सुनको मूल्य प्रतितोल ...

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । ...

संगित चोकका व्यवसायी ...

इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]