इटहरीमा हुने प्रादेशिक ललितकला प्रदर्शनीको तयारी तिव्र

  • फागुन २५, २०८० / नेपाल रेखा
alt

इटहरी । सुनसरीको इटहरीमा प्रादेशिक ललितकला प्रदर्शनी हुने भएको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौंको आयोजनामा इटहरी–४ मेट्रिक्समा यही फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म ललितकला विधाहरुको प्रदर्शनी हुने भएको हो ।
ललितकला विधाहरु अन्तरगत चित्रकला, मूर्तिकला, लोककला, हस्तकला अलावा वास्तुकलालाई प्रदर्शनीमा समावेश गरिने मेट्रिक्समा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा प्राज्ञ संजय बान्तावाले सिर्जनात्मक कलातर्फ छविकला, भिडियो आर्ट, प्रतिस्थापन कला, भावभङ्गीमा कला, कार्टुन, क्यारिकेचर, पोष्टर र डिजीटल कलाको समेत प्रदर्शन हुने जानकारी दिए । कोशी प्रदेश समन्वय समिति संयोजक तथा समसामयिक चित्रकला विभाग प्रमुख बान्तावाले प्रदर्शनीमा १ सय ४७ जनाले सहभागिता फारम भरिसकेको पत्रकार सम्मेलनमा बताए ।
पत्रकार सम्मेलनमा अग्रज पत्रकार गोपाल देवानले संघियताको अनुभूति दिलाउन यो प्रदर्शनीको भूमिका महत्वपूर्ण हुने बताए । देवानले अनुसार यस्ता प्रदर्शनीलाई काठमाडौं बाहिर ल्याउन २०५२ सालदेखि आफूहरुले आन्दोलन चलाएको बताए । उनले पहिलो पटक यो प्रदर्शनी काठमाडौं बाहिर हुन लागेकोले ऐतिहासिक हुने बताए । यो प्रदर्शनीले कोशी प्रदेशलाई कला क्षेत्रमा उर्वरभूमिको रुपमा उभ्याउने आयोजकको विश्वास छ ।
पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख गरिए अनुसार प्रदर्शनीमा समावेश कलाकृतिहरुलाई सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार, ललितकला पुरस्कार र उत्कृष्ट विद्यार्थी ललितकला पुरस्कार राशी प्रदान गरिनेछ ।
प्रदर्शनीमा सहकार्य इटहरी उपमहानगरपालिकाले गरेको र स्थानीय व्यवस्थापक इटहरी मेट्रिक्स रहेको अग्रज कलाकार विक्रम श्रीले बताए । उनले प्रदर्शनीको तयारीलाई तिव्रता दिएको बताए ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]