स्थायी समिति बैठकमा माओवादी नेताहरुको धारणा–राष्ट्रियसभाको अध्यक्ष छाड्नुहुन्न

  • फाल्गुन १५, २०८० / नेपाल रेखा
alt

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को आज बसेको स्थायी समितिको बैठकमा धारणा राख्ने अधिकांश नेताले राष्ट्रियसभामा ठूलो दलको हैसियतले अध्यक्ष आफूले लिनुपर्ने धारणा राख्नुभएको छ ।
बैठकपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै प्रवक्ता एवम् उपाध्यक्ष अग्निप्रसाद सापकोटाले भन्नुभयो, “अधिकांश स्थायी समिति सदस्यले राष्ट्रियसभाको ठूलो दलको हैसियतले अध्यक्ष छाड्नुहुन्न भन्ने धारणा राख्नुभएको छ ।” यही फागुन २० गतेदेखि राष्ट्रियसभा अध्यक्षको पद रिक्त हुँदैछ ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, समसामयिक विषयमा समेत नेताहरुले धारणा राख्नुभएको उहाँको भनाइ छ । माओवादी केन्द्रले आजको बैठकबाट नेताहरुको कार्यविभाजन गर्ने बताएको थियो । त्यसबारेमा भने कुनै निर्णय हुनसकेन । कार्य विभाजनका विभिन्न विकल्पबारे छलफल भएको छ । यद्यपि निर्णय भने बुधबार बस्ने बैठकले गर्ने छ ।
यस्तै, आगामी चैत १ गतेदेखि तराई–मधेशमा सञ्चालन गर्न लागिएको अभियानका अलावा पार्टीका अन्य योजनाबारे पनि छलफल भए पनि अन्तिम निर्णय भने आज नभएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।
बैठकमा नेपाली कांग्रेसको हालै सम्पन्न महासमिति बैठक, सो बैठकमा पारित भएका प्रतिवेदन र व्यक्त विचारबारे समेत छलफल भएको थियो । बैठक बुधबार बिहान पुनः बस्नेछ । बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने कार्यसूची छ । बैठक आज नै समापन गर्ने तयारी गरिएको भए पनि प्रधानमन्त्रीको कार्यव्यवस्तताका कारण भोलिका लागि सारिएको बताइएको छ ।

विराटनगर महानगर क्षे ...

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ ज ...

राउण्ट टेवल नेपालद्व ...

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन् ...

सुनको मूल्य प्रतितोल ...

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । ...

संगित चोकका व्यवसायी ...

इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]