‘सहिद सप्ताह’मा सहिद स्मृति आवाशीय विद्यालयमा विविध कार्यक्रम

  • फाल्गुन १४, २०८० / नेपाल रेखा
alt

इटहरी । सुनसरीको इटहरी–१९ मा रहेको सहिद स्मृति आवाशीय माध्यमिक विद्यालयमा सहिद सप्ताहको उद्घाटन गर्दै विविध कार्यक्रम गरिएको छ ।
नेकपा (माओवादी केन्द्र) प्रदेश १ को आयोजनामा सोमबारभएको कार्यक्रममा विद्यालयका १२ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरियो । कक्षा १ देखि १२ सम्मका कक्षा प्रथम विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको विद्यालय व्यवस्थापन समिति सदस्य रामबहादुर कार्कीले जानकारी दिए ।
त्यसैगरि, विद्यालय परिसरमा निर्माण गरिएको दुई तले चार कोठे अतिथि आवास गृहको पनि उद्घाटन गरिएको छ । यो भवनलाई ‘पोष्ठबहादुर स्मृति भवन’ नाम दिइएको छ । साथै भवानीपुर सामुदायिक वनभित्र रहेको चिल्ड्रेन पार्कमा वृक्षरोपण पनि गरिएको छ ।
सो कार्यक्रममा कोशी प्रदेश सामाजिक विकास मन्त्री राजेन्द्र कार्की, प्रदेशसभा सदस्य सपना परियार, नेकपा (माओवादी केन्द्र) प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ्ग (मिक्सो), उपाध्यक्षहरु मणिकुमार साङपाङ्ग, शिब डाँगी, पार्टी केन्द्रीय सदस्यहरु कुलप्रसाद साम्बा, टंक गिरी, धनकुटा जिल्ला पार्टी अध्यक्ष कुशुम श्रेष्ठ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष मणिराम गिरी, चिल्ड्रेन पार्क निर्माण समितिका प्रतिनिधिहरु लालबहादुर श्रेष्ठ, काजीलाल गिरी, भवानीपुर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष किसन चौलागाईंलगायतको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले विद्यालयको भौतिक तथा शैक्षिक सुधारमा मन्त्रालयले योजना बनाइरहेको बताए । त्यसैगरि प्रदेश साँसद सपना परियार, प्रदेश पार्टी अध्यक्ष हर्कबहादुर नेम्वाङ्ग (मिक्सो)ले सहिदहरु सपना पूरा गर्न आफूहरु प्रतिबद्ध रहेको बताएका थिए । माओवादीले १० वर्षे जनयुद्धका पहिलो सहिदका रुपमा दिलबहादुर रम्तेलको नाममा सहिद सप्ताहको सुरुवात गरिएको हो । २०५२ साल फागुन १४ गते गोरखामा सुरक्षाकर्मीको गोली लागेर रम्तेलको मृत्यु भएको थियो । जनयुद्ध र झापा विद्रोहमा सहादत प्राप्त गर्ने सहिदहरूको सहादतको मितिलाई जोडेर फागुन १४ देखि २१ सम्म जनयुद्धकालदेखि नै माओवादीले विभिन्न कालखण्डमा भएका सङ्घर्षमा बलिदान गर्ने महान सहिदहरूको सम्मान र सम्झनामा सहिद सप्ताह मनाउन थालेको हो ।

विराटनगर महानगर क्षे ...

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ ज ...

राउण्ट टेवल नेपालद्व ...

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन् ...

सुनको मूल्य प्रतितोल ...

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । ...

संगित चोकका व्यवसायी ...

इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]