धरानमा नेपाली विशेषताको समाजवादबारे अन्तरक्रिया

  • माघ २८, २०८० / नेपाल रेखा
alt

धरान । नेपाल कम्युनिष्ट पार्टी संयुक्त जिल्ला समिति सुनसरीले वर्तमान राष्ट्रिय परिस्थिति र नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
धरानको ड्रिमल्याण्ड होटेलको सेमिनार हलमा आयोजना गरिएको कार्यक्रममा आधार नोट सो पार्टीका सुनसरी जिल्ला इन्चार्ज डिबी सीले प्रस्तुत गरेका थिए । आधार नोटमा उनले उत्पीडित जाति, लिंग, वर्ग, समुदाय क्षेत्रलाई यो दलाल पुँजीवादी संसदीय व्यवस्थाले अधिकार दिन नसक्ने दाबी गरेका छन् । उनले दलाल संसदीय व्यवस्थाविरुद्ध लड्दै नेपाली विशेषताको समाजवादका निम्ति जुट्न अपिल समेत गरेका छन् ।
कार्यक्रममा प्रमुख वक्ता चिरन सी थिए । उनले पुराना दलका नेता इमान्दार नभएकै कारण नेपाली जनताले दुःख पाएको बताए । उनले भने–‘अब हरेक राष्ट्रवादी, परिवर्तनगामी जनताले सोच्नु पर्ने बेला आएको छ ।’ एकले अर्कालाई गाली गरेर मात्र समय व्यतित गर्ने होइन आलोचना छोडेर नेपाली विशेषताको समाजवादमा गोलबन्द हुनुको विकल्प नभएको उनको भनाइ थियो ।
कार्यक्रममा समाजवादी मोर्चाका केन्द्रीय अध्यक्ष गजेन्द्र सी, नेकपा एमालेका प्रतिनिधि पारस काङबाङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका मोहन प्रसाद तिगेला, नेकपा क्रान्तिकारी माओवादीका प्रतिनिधि पेमा लामा, वामपन्थी नेता भूमि चाम्लिङ्ग र राजनीतिक विश्लेषक राजेन्द्र किरातीलगायतले समाचावादका विषयमा आ–आफ्नो विचार व्यक्त गरेका थिए । कार्यक्रमको संचालन उत्तर सुनसरी सेक्रेटरी सुरेश सिले गरेका थिए भने दक्षिण सुनसरी सेक्रेटरी जीवन सिको अध्यक्षता गरेका थिए ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]