धरान । थिएटर साहारा धरानको दोश्रो प्रस्तुती सर्ट मुभी ‘कुमाक्ला फाक’को फर्स्ट लुक्स सार्वजनिक भएको छ । लिम्बु संस्कृतिमा आधारित रहेर निर्माण गरिएको नेपाली कथानक चलचित्र ‘कुमाक्ला फाक’ को आइतबार पोस्टर सार्वजनीक गरिएको हो । बिभिन्न चार प्रकारको भिन्न खालको पोस्टरहरु सार्वजनिक गरिने तयारी रहेको ‘कुमाक्ला फाक’ को पहिलो पोस्टर कथाको मुख्य पात्र कालो सुगुर ‘कुमाक्ला फाक’को मात्र सार्वजनिक गरिएको र अब बाँकी अन्य कलाकारसहितको पोस्टर सार्वजनिक गरिने लेखक तथा निर्देशक नवीन मेन्याङ्बोले जानकारी दिए । लिम्बु जातीको सुंगुरसंगको परम्परागत सम्बन्ध र त्यसले पारेको असरबारे ‘कुमाक्ला फाक’ ले बोल्ने भएकाले हाम्रो मुख्य पात्र नै कालो सुङ्गुर रहेको निर्देशक मेन्याङ्बोले बताए । कथाले मुल पात्रमा कालो सुंगुरलाई माग गरेको थियो त्यसैले सर्ट मुभीको मुख्य पात्र नै कालो सुङगुर रहेको उनको दावी छ । हाम्रो समाज, गाउघरको आर्गनिक कला, संस्कृति र शैलीको प्रतिनिधित्व गर्दै फिल्मले चाँडै अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा सहभागी हुने निर्देशक मेन्यङ्बोले बताए । हाल चलचित्रको पोस्ट प्रोडक्सनको कार्य, सम्पादनको काम भैरहेको र एक महिना भित्र सम्पूर्ण काम सकेपछि पहिलो बिशेष प्रदर्शनी धरानमा गरिने निर्देशक मेन्याङबोले बताए ।
यस अघि थियटर साहारा धरानले १० वर्षे शसस्त्र माओवादी द्वन्द्वको कथालाई समेटेर छोटो चलचित्र ‘द रेडमुन’ निर्माण गरेको थियो । ‘द रेडमुन’ ले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी जनाउन जर्मनको बर्लिनसम्मको यात्रा तय गरेको थियो । तर बिबिध कारणवस सो फेस्टिवल रोकिएपछी ‘द रेड मुन’ को पनि यात्रा रोकिएको थियो । तर स्पेनी बेबलर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा BEST NATIONAL DIRECTER OF PHOTOGRAPHY अवार्ड जितेको थियो । नबिन मेनेयाङ्बो सुब्बाले निर्माण र रविन श्रेष्ठको निर्देशन गरेका थिए । द रेड मुनमा वरिष्ठ कलाकार प्रेम सुब्बा, विजय सुब्बा बिशाल श्रेष्ठ, हिमाल दाहाल, एकराज सुब्बा, तुलसा थापा, कैलाश कार्की, मिहाङ राई, सानुराज थेगिम, कमल अधिकारी सुमिना खड्गी र बाल कलाकार आरोही श्रेष्ठको अभिनय रहेको थियो । ‘कुमाक्ला फाक’ लाई नवीन पराजुली र सुरेश कुमार लाबुङले संयुक्त लगानी गरेर निर्माण गरेका हुन् । चलचित्रमा प्रेम सुब्बा, उदय कुरुम्बाङ, नुमा लिम्वु, रोजनी तेयुङ, प्रकाश लिम्बु, सानुराजा थेगिम, दिलु सुब्बा, राधा फोम्बो, संचमाया पन्धाक, पुर्णिमाया लिम्बु, जमुना लिम्बु, तेज मेन्याङ्बो, नवीन पराजुली र बाल कलाकार अंकित लिम्बुले अभिनय गरेका छन् । ‘कुमाक्ला फाक’ को सम्पूर्ण प्राविधिकको काम कोशी भिजन नेपाल इटहरी र काठमाडौंको टिमले सम्हालेका छन् ।