लिम्बू चलचित्र ‘कुमाक्ला फाक’ को पहिलो पोस्टर सार्वजनिक

  • माघ २१, २०८० / नेपाल रेखा
alt

धरान । थिएटर साहारा धरानको दोश्रो प्रस्तुती सर्ट मुभी ‘कुमाक्ला फाक’को फर्स्ट लुक्स सार्वजनिक भएको छ । लिम्बु संस्कृतिमा आधारित रहेर निर्माण गरिएको नेपाली कथानक चलचित्र ‘कुमाक्ला फाक’ को आइतबार पोस्टर सार्वजनीक गरिएको हो । बिभिन्न चार प्रकारको भिन्न खालको पोस्टरहरु सार्वजनिक गरिने तयारी रहेको ‘कुमाक्ला फाक’ को पहिलो पोस्टर कथाको मुख्य पात्र कालो सुगुर ‘कुमाक्ला फाक’को मात्र सार्वजनिक गरिएको र अब बाँकी अन्य कलाकारसहितको पोस्टर सार्वजनिक गरिने लेखक तथा निर्देशक नवीन मेन्याङ्बोले जानकारी दिए । लिम्बु जातीको सुंगुरसंगको परम्परागत सम्बन्ध र त्यसले पारेको असरबारे ‘कुमाक्ला फाक’ ले बोल्ने भएकाले हाम्रो मुख्य पात्र नै कालो सुङ्गुर रहेको निर्देशक मेन्याङ्बोले बताए । कथाले मुल पात्रमा कालो सुंगुरलाई माग गरेको थियो त्यसैले सर्ट मुभीको मुख्य पात्र नै कालो सुङगुर रहेको उनको दावी छ । हाम्रो समाज, गाउघरको आर्गनिक कला, संस्कृति र शैलीको प्रतिनिधित्व गर्दै फिल्मले चाँडै अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा सहभागी हुने निर्देशक मेन्यङ्बोले बताए । हाल चलचित्रको पोस्ट प्रोडक्सनको कार्य, सम्पादनको काम भैरहेको र एक महिना भित्र सम्पूर्ण काम सकेपछि पहिलो बिशेष प्रदर्शनी धरानमा गरिने निर्देशक मेन्याङबोले बताए ।
यस अघि थियटर साहारा धरानले १० वर्षे शसस्त्र माओवादी द्वन्द्वको कथालाई समेटेर छोटो चलचित्र ‘द रेडमुन’ निर्माण गरेको थियो । ‘द रेडमुन’ ले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी जनाउन जर्मनको बर्लिनसम्मको यात्रा तय गरेको थियो । तर बिबिध कारणवस सो फेस्टिवल रोकिएपछी ‘द रेड मुन’ को पनि यात्रा रोकिएको थियो । तर स्पेनी बेबलर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा BEST NATIONAL DIRECTER OF PHOTOGRAPHY अवार्ड जितेको थियो । नबिन मेनेयाङ्बो सुब्बाले निर्माण र रविन श्रेष्ठको निर्देशन गरेका थिए । द रेड मुनमा वरिष्ठ कलाकार प्रेम सुब्बा, विजय सुब्बा बिशाल श्रेष्ठ, हिमाल दाहाल, एकराज सुब्बा, तुलसा थापा, कैलाश कार्की, मिहाङ राई, सानुराज थेगिम, कमल अधिकारी सुमिना खड्गी र बाल कलाकार आरोही श्रेष्ठको अभिनय रहेको थियो । ‘कुमाक्ला फाक’ लाई नवीन पराजुली र सुरेश कुमार लाबुङले संयुक्त लगानी गरेर निर्माण गरेका हुन् । चलचित्रमा प्रेम सुब्बा, उदय कुरुम्बाङ, नुमा लिम्वु, रोजनी तेयुङ, प्रकाश लिम्बु, सानुराजा थेगिम, दिलु सुब्बा, राधा फोम्बो, संचमाया पन्धाक, पुर्णिमाया लिम्बु, जमुना लिम्बु, तेज मेन्याङ्बो, नवीन पराजुली र बाल कलाकार अंकित लिम्बुले अभिनय गरेका छन् । ‘कुमाक्ला फाक’ को सम्पूर्ण प्राविधिकको काम कोशी भिजन नेपाल इटहरी र काठमाडौंको टिमले सम्हालेका छन् ।

Kumla fak 3 Kumla fak 2

 

Kumla Fak 1

 

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]