इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रुपान्तरण गरेको छ ।
सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रुपान्तरण गर्न सकिने व्यवस्था गरेपछि इटहरी उपमहानगरले पेट्रोलियमबाट विद्युतिय सवारीमा रुपान्तरण गरेको हो ।
पहिलो चरणमा दुई वटा पहिलो चरणमा दुई वटा मोटरसाइकललाई विद्युतीयमा रुपान्तरण गरेको हो । उपमहानगरपालिकाले सम्याती इलेक्ट्रो व्हील्स प्रालिसँग सम्झौता गरेर रुपान्तरण गरिएको इटहरीका मेयर हेमकर्ण पौडेलले जानकारी दिए ।
संघिय सरकारले मर्मत गरेर उपयोगमा आउन नसक्ने र २० वर्ष अवधि पुगेका सवारी साधनलाई लागतका आधारमा विद्युतीय सवारी साधनमा रुपान्तरण गर्न सकिने व्यवस्था गरेको थियो ।
देशमै पहिलो पटक स्थानीय तहले यो कामको सुरुवात गरेको पौडेलको दाबी छ । सम्याती इलेक्ट्रो व्हील्स प्रालिका सञ्चालक आदित्य आचार्यले भने–‘हामी मोटरसाइकललाई बिद्युतीयमा रुपान्तरण गर्न सक्षम भएका छौ ।’
त्यस्तै इटहरी उपमहानगरपालिकाले खाद्य वस्तुको गुणस्तर परीक्षणका लागि ल्याब स्थापना गरेको छ । खाद्य वस्तुमा मिसावट गरिने अखाद्य वस्तु पत्ता लगाउन इटहरीमै ल्याब स्थापना गरेको नगर प्रमुख हेमकर्ण पौडेलले बताए ।
खाद्य वस्तुको गुणस्तर परीक्षण गर्ने ल्याबको स्थापना गरिएको छ नगर प्रमुख पौडेलले भने । उपमहानगरले खाद्य बस्तुमा अखाद्य वस्तु मिसावट भए नभएको थाहा पाउन परीक्षणका लागि उपमहानगरमै रहेको ल्याबमा परिक्षण हुने छ । भौतिक पूर्वाधार प्रयोगशाला समेत स्थापना गरिएको छ । पूर्वाधारमा प्रयोग हुने सामाग्रीको सम्पूर्ण ल्याबको ब्यबस्था गरिएको उपमहानगरले जनाएको छ ।
त्यस्तै उपमहानगरपालिकाले निःशुल्क चिया कफि सहितको नागरिक सहायता कक्ष समेत स्थापना गरेको छ । जहाँ नागरिकले आफ्नो काम र समस्या बारे भने लगत्तै कर्मचारीहरुले नै काम गर्ने व्यवस्था गरिएको छ ।