कटहरीका किसानलाई तुलसीखेती तालिम

  • पुस २०, २०८० / नेपाल रेखा
alt

कुमोद अधिकारी
विराटनगर । मोरङको कटहरी गाउपालिकाले तुलसी खेती सम्वन्धि दुई दिने तालिम शुरु गरेको छ । तुलसी खेतीवाट जडिवुटि उत्तपादन गर्न सहज होस भन्ने उद्देश्यले सो पालिकाले बिहीवार देखी किसानलाई तालिम दिन शुरु गरेको हो ।
पालिकाका ३५ जना किसान सहभागी भएको सो तालिमको पालिकाका अध्यक्ष देवराज चौधरीले उद्घाटन गर्नुभयो । पालिकाले वडा नम्बर ५ का किसानलाई तुलसीखेतीका लागि प्रतिकठ्ठा तीन हजार रुपैया अनुदान दिने निर्णय गरेको छ ।
किसानले उत्पादन गरेको तुलसीका सुकेका पात, जरा तथा डाठ खरिद गर्न जडिवुटी उत्पादन गर्दै आएको सो पालिकमा रहेको गुराँस हर्वास्युटिकल्स प्रालिसंग खरिद सम्झौता गरेर तालिम दिन शुरु गरेको पालिकाका अध्यक्ष चौधरीले बताउनुभयो । पाइलट प्रोजेक्टको रुपमा पालिकाले तुलसी खेती शुरु गर्न लागेको हो । यस्तो प्रकारको तालिम नेपालमै पहिलो भएको सो पालिकाको दावी छ ।
जडिवुटी उत्पादनका लागि सो कम्पनीले भारतवाट तुलसी ल्याउने गरेको देखेर किसानलाई प्रोत्साहित गर्दै आफनै पालिकामा तुलसीको उत्पादन गर्ने तालिमको उद्देश्य रहेको छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार साहले किसानले उत्पादन गरेको तुलसी प्रति केजी १ सय १० रुपैयामा खरिद गर्ने गरि सो कम्पनीसंग सम्झौता भएको वताउनुभयो । एकवर्षमा तीन पटक तुलसी उत्पादन गर्न सकिने कृषि ज्ञान केन्द्र मोरङका प्रमुख रामदेव सिंहले वताउनुभयो । पालिकाले अनुदान दिएपछि तुलसी खेतीका लागि सो पालिकाका किसान समेत उत्साहित भएका छन् । २०८१ सालको असार मसान्तसम्म सो कम्पनीले किसनासंग तुलसीका सुकेका बोट खरिद गर्ने सम्झौता भएको छ ।

गोरखा दरबारबाट विधिप ...

गोरखा । बडादसैँको सातौँ दिन शनिवार गोरखा दरबारको दसैँघर ...

पूर्ण लोकतन्त्रको सङ ...

– सरोजकुमार मिश्र मधेसी समाजमा एउटा निकै प्रचलित ...

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

गौरादहमा लालपैनी खोल ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक प ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]