सुरक्षा संवेदनशिलतालाई ख्याल गरि इज्तिमा स्थगित गर्न राजनीतिक दलहरुको अनुरोध

  • मंसिर ४, २०८० / नेपाल रेखा
alt

इनरुवा । सुरक्षा अवस्थालाई मध्यनजर गर्दै इस्लाम धर्मवालम्बीहरुले सुनसरीको दुई ठाउँमा मंसिर ५ गतेदेखि ९ गतेसम्म आयोजना गर्न लागेको इज्तिमा कार्यक्रम स्थगित गर्न सुनसरीका राजनीतिक दलहरुले अनुरोध गरेका छन् ।
सोमबार बसेको राजनीतिक दलहरुको संयुक्त बैठकले मुलुकको वर्तमान सुरक्षा संवेदनशील अवस्थामा रहेको निश्कर्ष निकाल्दै सरोकारवाला पक्षलाई हाललाई कार्यक्रम स्थगित गर्न अनुरोध गरेको हो ।
मुलुकको सुरक्षा वातावरण सहज नभएको र वातावरण सहज भएपछि आपसी समन्वयमा कार्यक्रम आयोजना गर्न ६ राजनीतिक दलहरुले संयुक्त अपिल समेत प्रकाशित गरेका छन् ।
अपिलमा सुनसरीका नेपाली काँग्रेसका सभापति केदार भण्डारी, एमाले अध्यक्ष रेवतीरमण भण्डारी, नेकपा माओवादी केन्द्रका अध्यक्ष योगेन्द्रप्रसाद मण्डल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष दुर्गाबहादुर बस्नेत र जनता समाजवादी पार्टीका अध्यक्ष भगिरथ खत्वे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि मनोजकुमार चापागाईंले हस्ताक्षर गरेका छन् ।
नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक मुलुक भएको र सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भाव संरक्षण तथा प्रवद्र्धन गर्ने संकल्पसहित राज्य सञ्चालन भइआएकोमा इज्तिमा आयोजकसँग सहमतिमा नै कार्यक्रम स्थगत गर्ने निर्णय यस अगाडि नै भएको पनि अपिलमा उल्लेख गरिएको छ ।
कार्यक्रम स्थगन गर्ने सहमतिअनुसार स्थानीय प्रशासनले नेपाल सरकारसमक्ष अनुरोध गरेको र नेपाल सरकारले दुहवीको प्राष्टोकीमा मंसिर ५ देखि ७ गतेसम्म र इटहरीको खनारमा मंसिर ७ देखि ९ गतेसम्म आयोजना गर्ने भनिएको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको थियो ।
कात्तिक २५ गते जिल्लाका राजनीतिक दल र कार्यक्रम आयोजकबीच बैठक बसेर सहमतिका कार्यक्रम स्थगितको निर्णय भएपनि केही व्यक्तिले कार्यक्रम आयोजना गर्न खोजेपछि दलहरुले पुनः सहमति स्मरण गराउँदै सार्वजनिक अपिल गरेका हुन् ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]