न्यूयोर्कसंंग फोहोर व्यावस्थापन, सुकुम्वासी समस्या, डुवान नियन्त्रणमा सहकार्य हुन्छ – मेयर कोइराला

  • कार्तिक ६, २०८० / नेपाल रेखा
alt

विराटनगर । अमेरिकाको न्यूयोर्क महानगरसंग भगीनी सम्बन्ध स्थापित भएपछि विराटनगरको दिर्घकालिन समस्याका रुपमा रहेका बाढी, डुवान, सुकुम्वासी, सडक निर्माण र फोहर व्यावस्थापनमा सहकार्य हुने विराटनगर महानगर पालिकाका मेयर नागेश कोइरालाले बताएका छन् । अमेरिकाका विभिन्न महानगरका मेयरहरुसंग तीन तीन महिनामा इन्टरनेट मार्फत बैठक समेत गर्ने सहमति भएको छ । ती बैठकहरुबाट समेत सहयोग आदान प्रदान हुन्छ ।
अहिले महानगर पालिकाको कार्यालय र वडाहरुबाट प्रवाह भइरहेको सेवा लिन अहिले सेवाग्राहीहरु भौतिक रुपमा नै उपस्थित हुनु पर्ने बाध्यता छ । तर न्यूयोर्कमा दिनभरि कार्यालयमा कुनैपनि सेवाग्राही नै नभेटिने गरि उनीहरुले सम्पूर्ण सेवाहरु इन्टरनेट मार्फत उपलब्ध गराएका छन । त्यो पद्धतीमा विराटनगर महानगरलाई पनि लान सकिन्छकी भनेर पनि छलफल भएको छ । न्यूयोर्कका मेयर एडम्स विराटनगरको भ्रमणमा आएपछि दुबै महानगर विच भगीनी सम्बन्धमा हस्ताक्षर भएपछि साझा समस्याहरुमा समाधानका लागि कसरी अघि बढ्ने तय हुने कोइरालाले जानकारी दिए ।
फोहर ब्यावस्थापनका लागि बोस्टनमा बनेको प्लान्ट हाम्रा लागि सुविधाजनक हुनसक्छ । तर त्यहा त्यो प्लान्ट ४ विलियन डलरमा बनेको हो । हामीले त्यति खर्च गर्न नसकेपनि त्यस्तै सानो प्लान्ट लगाएर काम गर्न सक्छौं । त्यहा प्लान्ट जडान गर्ने प्राविधिकहरु आएर विराटनगर महानगरको सर्वेक्षण गरेपछि त्यसपछि डिपिआरको काम अघि बढ्छ । प्रोसेसिङ एउटा पाटो हुदो रैछ भने फोहरलाई प्लान्टसम्म पु¥याउने च्यानल निर्माण गर्नु अर्काेपाटो भएकाले विज्ञहरुको टोलीलाई निम्तो दिएको छु उहाँहरु आउनुहुन्छ ।
संयुक्त राज्य अमेरिकास्थित स्थानीय सरकारको व्यावसायिक विकास र सबलीकरणको क्षेत्रमा कार्य गर्ने संस्था इन्टरनेशनल सिटी म्यानेजमेन्ट एसोसिएसन (आइसीएमए) ले आयोजना गरेको सेमिनारमा सहभागी भएर २४ दिन पछि मेयर कोइराला विराटनगर आइपुगेका हुन् ।
असोज १० गते अमेरिका गएका उनी कार्तिक ४ गते विराटनगर आइपुगेका हुन् । ४० देशभन्दा बढीका स्थानीय सरकारका प्रमुख र प्रतिनिधिहरू सहभागी समिनारमा मेयर कोइरालाले सहभागिता जनाएका हुन । टेक्सासमा भएको सेमिनारमा सहभागी भएर मेयरकोइरालाले विभिन्न महानगरका मेयर, सीनेटरहरुसंग विकास र साझेदारीको विषयमा छलफल गरेका थिए ।

Nagesh koirala 1

 

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]