महानगरद्वारा सेवामूलक संस्थालाई विद्युतीय चुल्हो वितरण

  • कार्तिक ३, २०८० / नेपाल रेखा
alt

विराटनगर । विराटनगर महानगरपालिकाले सेवामूलक विभिन्न संघसंस्थाहरुलाई विद्युतीय चुल्हो वितरण गरेको छ ।
विराटनगर महानगरपालिकामा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीसहित सम्बन्धित वडाका वडाध्यक्षले विद्युतीय चुल्हो वितरण गरेका हुन् । महानगरमा १५७ वटा माग भएर आएकोमा बिहीवार १३९ वटा चुल्हो वितरण गरिएको वडा नम्बर ३ का वडाध्यक्षसमेत रहेका वन, वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक वासुबहादुर बस्नेतले जानकारी दिए । एउटा संस्थालाई बढीमा १० वटासम्म चुल्हो वितरण गरिएको थियो ।
कार्यक्रममा ज्येष्ठ नागरिक सेवा केन्द्र, मानव सेवा आश्रम, आधारभूत विद्यालय, बालआश्रम, वडा कार्यालय, स्वास्थ्य चौकी, प्रहरी कार्यालय, ज्येष्ठ नागरिक क्लबलगायतका संस्थालाई विद्युतीय चुल्हो हस्तान्तरण गरिएको महानगरको वातावरण शाखाका प्रमुख पुनमकुमार दाहालले जानकारी दिए । ग्यासको खपत कम गर्ने उद्देश्यले विद्युतीय चुल्हो वितरण गरिएको कार्यबाहक मेयर कार्कीले बताइन् ।
उनले विगतमा चुल्हो वितरणलाई लिएर विभिन्न टिकाटिप्पणी हुँदै आएकामा यसपटक महानगरले पारदर्शी रुपमा चुल्हो वितरण गरिएको दाबी गरिन् । उनले विद्युतीय चुल्हो प्रयोग गरेको नगरेको बारेमा महानगरले अनुगमनसमेत गर्ने बताइन् । कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष काजीबहादुर बस्नेत, २ का कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ५ का सन्तोष न्यौपाने, ८ का राम पोखरेल, १० का अर्जुन गिरी, ११ का तीर्थेन्द्र नेउपाने, १६ का उद्धव भुजेल, १७ समिम कमर, महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक पौडेललगायतले संघसंस्थाका प्रमुख र प्रतिनिधिहरुलाई चुल्हो हस्तान्तरण गरेका थिए ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]