फोनकलको भरमा कानुन मिच्नेहरु छुट्नु हुन्न-मुख्यमन्त्री कार्की

  • असोज ३०, २०८० / नेपाल रेखा
alt

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नागरिकको सुरक्षामा खटिने प्रहरी पनि सुरक्षित हुनुपर्ने बताएका छन् । नागरिकलाई सुरक्षा दिने प्रहरीहरु पूर्वाधारको अभावमा कठिन अवस्थामा रहन नहुने भन्दै कानुनविपरीत काम गर्नेलाई फोनकलको आधारमा नछाड्न निर्देशन दिए ।
प्रहरी दिवसको अवसरका मंगलबार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले भने,“प्रहरीले आफ्ना इच्छा र चाहना त्यागेर अरूको सुरक्षाका लागि खटिनु परेको छ । हरेक साना ठूला घटनामा प्रहरी नै खटिनु पर्छ । तर, हामीलाई शान्तिसुरक्षा दिने प्रहरी पहिले सुरक्षित हुनुपर्छ । प्रहरीले शौच गर्न नपाउने, खान नपाउने तर हामीले सुरक्षा भएन भन्ने धारणा परिवर्तन गरिनु पर्छ ।” मुख्यमन्त्री कार्कीले धेरै प्रहरी कार्यालयहरु अहिले पनि संरचना अभावका कारण जीर्ण रहेको दृष्टान्त पेश गर्दै यस्तो अवस्था सुधार गर्न प्रदेश सरकारले सक्दो काम गर्ने प्रतिवद्धता जनाए ।
कार्कीले साँझमा मादक पदार्थ सेवन गर्नेलाई छुटाउन आउने टेलिफो कलको वास्ता नगरी कार्वाही अघि बढाउन निर्देशनसमेत दिए । भने,“कसैले आफै कानूनको उलङ्घन गर्छ भने कार्वाही हुनुपर्छ । पहुँचको आधारमा सुरक्षा नदिनुहोस ।”
त्यस अवसरमा उत्कृष्ट कार्यालय व्यवस्थापन विधामा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) राजेशनाथ बास्तोला सम्मानित भएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयले उत्कृष्ट कार्यालय व्यवस्थापन विधामा कोशी प्रदेश प्रहरी प्रमुखलाई छनोट गरेको थियो । नेपाल प्रहरी कार्यदक्षता मूल्याङकन ((एयष्अिभ द्यबतयल २०८० को क्रममा गरिएको अनुगमन तथा मूल्याङकनमा प्रदेश प्रहरी कार्यालयहरुमध्ये कोशीको व्यवस्थापनमा उत्कृष्ट व्यवस्थापकीय क्षमता भएका उल्लेख गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयबाट प्राप्त उक्त पुरस्कार बास्तोलालाई मुख्यमन्त्री कार्कीले प्रदान गरे । त्यस अवसरमा प्रहरी परिवारलाई पनि सम्मानित गरिएको थियो ।

CM Karki 3 CM Karki 1

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]