प्रजनन स्वास्थ्य अनुशिक्षण

  • असोज २५, २०८० / नेपाल रेखा
alt

इटहरी । अन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर सुनसरीको इटहरीमा प्रजनन स्वास्थ्य सम्वन्धी अनुशिक्षण कार्यक्रमको आयोजना गरियो ।
श्रमिक महिला साझा मञ्च नेपालको आयोजना तथा इटहरी उपमहानगरपालिकाको संयोजनमा बालिकाहरुलाई महिनावारी लगायतका विषयमा जानकारी गराउने उद्धेश्य सहितको एक दिने अनुशिक्षण कार्यक्रम सम्पन्न गरिएको हो ।
अनुशिक्षण कार्यक्रममा नेपाल परिवार नियोजन संघ इटहरीकी स्वास्थ्य अधिकृत रानु राउतले बालिकाहरुलाई महिनावारी लगायतका विषयमा सहजिकरण गरेकी थिइन् । श्रमिक महिला साझा मञ्च नेपालकी अध्यक्ष मञ्जु कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा ५० जना बालिकाहरुको सहभागिता रहेको श्रमिक महिला साझा मञ्चकी सामाजिक परिचालक संगिता राजवंशीले जानकारी दिइन् । श्रमिक साझा मञ्च नेपालले महिला तथा बालबालिकाहरुका क्षेत्रका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]