इटहरी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रदेश १ उपाध्यक्ष शिवकुमार डाँगी सहिद परिवारको घरदैलोमा पुगेका छन् । संखुवासभाको धर्मदेवी नगरपालिकाको आँखीभूइंका सहिद परिवारसंग भलाकुसारी गर्दै उनीहरुसंग पार्टी रुपान्तरणबारे सुझाव संकलन गरेका छन् ।
आँखीभूइंका सहिद शमशेर भारती (दया) को आमा, दाजु–भाउजसंग डाँगीले पार्टीका लागि सुझाव लिएका हुन् ।
साथै, सहिदहरु कुलबहादुर जिमी (रन्जित), अजय कार्की (विपन), वसन्त जिमी (सिर्जन), अशोक कार्की, रोजिना पोखरेल, शुष्मा थापाको परिवारसँग पनि डाँगीले भेटघाट गरि सुझाव संकलन गरेका छन् ।
जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत सहिद परिवारसंग भेटघाटमा आफूलाई महत्वपूर्ण सुझाव प्राप्त भएको डाँगीले बताए । घर घरमा माओवादी जन जनमा माओवादीको नारा दिएर चलाइएको यो अभियानको सहिद किरण विष्टको जिवन साथी उमा विष्ट (क सम्झना) ले पनि नेतृत्व गरिरहेकी छन् ।
अभियान अन्तरगत धर्मदेवी नगरपालिका वडा नम्बर ६, ७, ८ र ९ नम्बरमा बैठक, भेला, जनतासंग अन्तरक्रिया गरिरहेको डाँगीले बताए ।
अभियानकै क्रममा धर्मदेवी–४ सल्लेका ८० वर्षीय रूद्रप्रसाद नेपालले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारीविरुद्धको कार्वाहीलाई टुंगोमा पुर्याउन सुझाव दिएका छन् ।