इटहरी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रदेश १ उपाध्यक्ष शिवकुमार डाँगी यतिबेला संखुवासभाको मादी र धर्मदेवी नगरपालिकामा
जनतासँग माओवादी विशेष रुपान्तरण अभियान चलाइरहेका छन् ।
घर घरमा माओवादी जन जनमा माओवादीको नारा दिएर चलाइएको यो अभियान निरन्तर चलिरहेको छ । अभियानको उद्घाटन भदौ १६ गते देशैभर वडास्तरबाट एकैसाथ गरिएको थियो ।
अभियान अन्तरगत उपाध्यक्ष डाँगीले धर्मदेवी वडा नम्बर–४ सल्लेमा किसानहरुसंग भेटघाट गरेका छन् । त्यहाँका किसानहरूले सुन्तला, एवोकार्डोलगायत फलफूल खेति गरेका छन् ।
गत वैशाखमा परेको असिनाले सुन्तला, एवोकार्डाेलगायत बाली क्षति गरेपछि पीडित किसानहरु राहतको पर्खाइमा रहेको सूचना पाएपछि किसानको समस्या बुझ्न डाँगी सल्लेमा पुगेका हुन् ।
किसानले लगाएको बालीको सुरक्षा हुन अनिवार्य छ डाँगी भन्छन् । उनले बालीको सुरक्षाकोलागि आफूले सरकारसंग पहल गर्ने किसानहरुलाई आश्वासन दिएका छन् ।