कृषि क्षेत्रको विकासका लागि प्रदेशस्तरीय कार्यालय खुले

  • भदौ १९, २०८० / नेपाल रेखा
alt

इटहरी । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कृषि क्षेत्रको विकासका लागि प्रदेशस्तरीय कार्यालय खोलेको छ ।
लिमिटेडले कृषक, उपभोक्ता, व्यवसायिक साझेदार, सेवाग्राहीहरुलाई देशव्यापी रुपमा उच्चस्तरीय र दिगो सेवा प्रदान गर्ने अभिप्रायले प्रदेशस्तरीय शाखा खोलेको हो । जसमा कोशी प्रदेशको इटहरीसहित मधेश प्रदेशको बर्दिवास, वागमतीको काठमाडौ, लुम्विनीको बुटवल, कर्णलीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेशस्तरीय कार्यालय खुलेका हुन् ।
मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको स्याङ्जा र चितवनमा फार्म उत्कृष्टता केन्द्र रहेको छ । लिमिटेडमार्फत कृषिमा लगानी प्रवद्र्धनका लागि कृषि व्यवसाय परामर्श केन्द्र, कृषकहरुलाई दैनिक सेवाको लागि कृषकसँग मुक्तिनाथ कल सेन्टर, आर्टिफिसियल इन्टेलिजेन्समा आधारित मुक्तिनाथ एपलगायतका सेवा रहेका छन् ।
प्रदेशस्तरीय कार्यालयको कृषि तथा पशुपंन्छी विकास मन्त्री डा.वेदुराम भुसाल डिजिटलमार्फत उद्घाटन गरेका थिए । कार्यक्रम मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा भएको थियो ।

गोरखा दरबारबाट विधिप ...

गोरखा । बडादसैँको सातौँ दिन शनिवार गोरखा दरबारको दसैँघर ...

पूर्ण लोकतन्त्रको सङ ...

– सरोजकुमार मिश्र मधेसी समाजमा एउटा निकै प्रचलित ...

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

गौरादहमा लालपैनी खोल ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक प ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]