इटहरी । स्मार्ट लुब्रिकेन्ट्सका अध्यक्ष रूपनारायण बराइली यतिबेला सन्तुष्ट छन् । उनी सन्तुष्ट हुनुको कारण हो, स्मार्ट लुब्रिकेन्ट्सले बजारमा एकक्षत्र राज गर्नु । कम्पनीको बजार विस्तारले आफूलाई खुसी तुल्याएको बराइलीले बताए ।
झापाको गौरादहमा उत्पादित स्मार्ट लुब्रिकेन्ट्सका मूख्य लगानीकर्ताहरु दाजुभाइ मोहन बराइली र सुरज बराइली हुन् । उनीहरुले कम्पनीमा अन्य व्यवसायीहरुलाई समेत समाबेश गर्दै लगेका छन् । यो ब्राण्डले पछिल्लो समय नेपाली लुब्रिकेन्ट्स ब्राण्डमा अलग छाप पार्न सफल भएको बताइन्छ ।
यस उद्योगले ग्रीज, इञ्जिन आयल, हाईड्रोलिक र गियर आयल सहित करिब ४० देखि ४५ प्रकारका लुब्रिकेन्ट्स उत्पादन गर्दै बजारमा पठाइरहेको छ । उत्पादित सामाग्रीको बिक्री वितरण सहज बनाउन मेचीदेखि महाकालीसम्म आक्रामक ढङ्गले आफ्नो नेटवर्क बिस्तार गरिरहेको छ । बजार विस्तार सफल र फलदायी हुदै गएपछि लगानीकर्तामा उत्साह थपिएको छ ।
स्मार्ट लुब्रिकेन्ट्स प्रा.लि.ले उत्पादनको पहिलो वर्षमै गुणस्तरीय उत्पादन बजारमा पुर्याएका थियो । हाल देशैभरिबाट उत्पादनको माग बढिरहेको कम्पनीका प्रबन्ध निर्देशक मोहन बराइलीले बताए । आगामी दिनहरूमा पनि यस कम्पनीले उत्पादन, परिणाम र गुणस्तरमा अझै परिस्कृत बनाउने योजना रहेको बराइलीले सुनाए ।
स्वदेशमै गुणस्तरीय लुब्रिकेन्ट्स उत्पादन गरी रोजगारी समेत सिर्जना गरिरहेको स्मार्ट लुब्रिकेन्ट्सले नेपाललाई लुव्रिकेन्ट्स उत्पादनमा आत्मनिर्भर बनाउनु कम्पनीको मुख्य लक्ष्य रहेको छ । ग्रीजको हकमा क्याल्सियम र च्यासिस ग्रीजले हाल आयातीत भइरहेका ग्रीजलाई समेत विस्थापित गर्न सक्ने क्षमता स्मार्ट लुब्रिकेन्टसमा छ । ग्रीज, क्याल्सियम र च्यासिस ग्रीजमा नेपाललाई आत्मनिर्भर बनाउने सकिने र निकट भविष्यमा इञ्जिन आयलमा पनि पूर्णरूपमा नेपाललाई आत्मनिर्भर बनाउन सकिने कम्पनीका कार्यकारी निर्देशक सुरज बराइलीको भनाइ छ ।
१५ बर्षको अनुभव बोकेको स्मार्ट लुब्रिकेन्ट्सले आफ्नो उत्पादनको दोस्रो वर्षको डिलर सम्मेलन भदौ १४ देखि १६ पोखरामा सम्पन्न गरेको छ । गत वर्ष पहिलो डिलर सम्मेलन इलामको कन्याममा सम्पन्न गरेको थियो ।
पोखरा सम्मेलनमा कोशी अञ्चलका आधिकारिक बिक्रेता दुर्गा इन्टरप्राइजेज सर्वोत्कृट डिलर घोषित भएका थिए । यसका संचालक अनिस लकान्द्री हुन् ।
पोखराको कार्यक्रममा प्रमुख अतिथि तथा जय अम्बे ट्रेड कन्सर्न प्रालिका सञ्चालक साथै नाडा प्रदेश नम्बर २ का पूर्व अध्यक्ष सन्तोष शाहले नेपालमै उत्पादन गरी अन्तर्राष्ट्रिय गुणस्तर र उत्पादनसँग प्रतिस्पर्धा गर्दै स्थापनाको २ वर्षमै आक्रामक व्यापार गर्न सफल भएको बताएका थिए ।
विशेष अतिथि विश्वकर्मा समाजका केन्द्रीय अध्यक्ष गणेश बराइलीले गुणस्तरमा सम्झौता नगर्न कम्पनीलाई आग्रह गर्दै आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धतता जनाएका थिए ।
पोखरा सम्मेलनमा स्वागत मन्तव्य कम्पनीका सञ्चालक सदस्य विष्णु शंकर र सञ्चालन कम्पनीका अर्का सञ्चालक सदस्य त्रिलोचन लाम्गादे लामिछानेले गरेका थिए ।
पोखरा सम्मेलनकै अवसरमा कम्पनीले सम्पूर्ण डिलर तथा शेयरहल्डरहरुलाई तालबराही मन्दिर, पुम्दीकोट महादेव मन्दिर, गुप्तेश्वर महादेव गुफा, शान्ति स्तूपा, विश्वकर्मा संग्रहालय र विन्दवासीनी देवीको दर्शन गराएको थियो ।
