हेलुवा बेसी र कोशी सडक निर्माणको ढिलाइप्रति माओवादी केन्द्रले गरायो ध्यानाकर्षण

  • भदौ ६, २०८० / नेपाल रेखा
alt

इटहरी । संखुवासभाको मानेभन्ज्याङ हेलुवा बेसी सडक निर्माणमा ढिलाई भएको छ ।
जिल्लाकै अर्को आयोजना–सभाखोलादेखि किमाथाङ्का, उत्तर दक्षिण कोशी सडक निर्माणमा पनि ढिलाई भएको छ ।
यी दुवै आयोजनामा भएको ढिलासुस्ती र लापर्वाहीप्रति नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संखुवासभाले ठेकेदार कम्पनिलाई गम्भिर ध्यानकर्षण गराएको छ । सो पार्टीको जिल्ला समन्वय समितिको मंगलबार बसेको बैठकपछि एक विज्ञप्ति प्रकाशित गर्दै यी आयोजनाको काम चाँडो भन्दा चाँडो सक्न ध्यानाकर्षण गराइएको हो ।
माओवादी केन्द्र संखुवासभा जिल्ला समन्वय समिति संयोजक टेकमान राईले विज्ञप्ति प्रकाशित गर्दै भनेका छन्–‘मिति २०७७–७–१५ मा मानेभन्ज्याङ हेलुवा बेसी सडक खण्डको ठेक्का पार्ने याक्थुङहाङ खम्पाचे जेवीले एक पटक म्याद थपि २०८१ बैशाखमा काम सम्पन्न गनर््ु पर्नेमा हाल ३० प्रतिशत पनि काम नभएको अवस्था छ ।’
त्यसैगरि, विज्ञप्तिमा थप अगाडि भनिएको छ–‘उत्तर दक्षिण कोशी सडको सभाखोला देखि किमाथाङ्का राष्ट्रिय महत्वको आयोजनाको लविङहिलदेखि नुम खण्डको ठेक्का पार्ने पार्ने शर्मा शिवशक्ति जेवी कम्पनिले पनि २०७८–३–१७ मा सम्झौता गरि २०८१–३–१७ मा काम सम्पन्न गरी राज्यलाई हस्तान्तरण गर्नु पर्नेमा हाल २० प्रतिशत मात्र काम भएको छ ।’
यसरी निर्माण व्यवसायीहरुबाट भएको लापर्वाही र ढिलासुस्तीले जिल्लाबासीलाई आवत–जावतमा कठिनाई उत्पन्न भएकोले कामलाई चाँडो र पारदर्शी हिसाबले अगाडि बढाउन राईले विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।
विज्ञप्तिमा नेपाल सरकारसंग नयाँ खरिद विलम्ब नगरी संसोधन गर्न पनि माग गरिएको छ ।
पार्टीको बैठकले पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले ठग, जाली, फटाह र भ्रष्टचारीप्रति गरिरहेको कार्वाहीलाई थप शसक्त प्रभावकारी बनाउन पनि आग्रह गरिएको छ ।
बैठकलाई सम्वोधन गर्दै सम्वोधन गर्दै पार्टीका कोशी प्रदेश उपाध्यक्ष शिवकुमार डाँगीले जनतासंग माओवादी विशेष रुपान्तरण अभियान थालनी गरिएको बताए ।
उपाध्यक्ष डाँगीले मादी नगरपालिका र धर्मदेवी नगरपालिकामा घर–घरमा माओवादी जन जनमा माओवादी अभियानको नेतृत्व गर्नेछन् ।

विराटनगर महानगर क्षे ...

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ ज ...

राउण्ट टेवल नेपालद्व ...

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन् ...

सुनको मूल्य प्रतितोल ...

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । ...

संगित चोकका व्यवसायी ...

इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]