मोरङमा दादुरा, रुवेला रोग रोकथामका गर्न खोप लगाइने

  • साउन २१, २०८० / नेपाल रेखा
alt

कुमोद अधिकारी
विराटनगर । दादुरा, रुवेला रोग रोकथामका लागि स्वास्थ्य कार्यालय मोरङले जिल्लाभर दादुरा रुवेला खोप अभियान संचालन गर्ने भएको छ । सो रोगका विरामी बढ्न थालेपछि कार्यालयले ६ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गर्दै खोप अभियान संचालन गर्न लागेको हो । कार्यालयले शनिबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै विराटनगर महानगरपालिका बाहेक १६ वटा पालिकामा साउन –२८ गते देखि ३२ गतेसम्म र विराटनगर महानगरपालिकामा भाद्र–११ गते देखि १५ गतेसम्म अभियान संचालन गर्न लागेको जानकारी गराइयो ।
कार्यालयका प्रमुख डा. सुरेश मेहताले अभियान अन्तर्गत २ लाख ८५ हजार ८सय ७७ जनालाई यो खोप लगाउने लक्ष्य रहेको बताए । त्यसका लागि विद्यालय लक्षित खोप केन्द्र ९ सय १४ गरी १ हजार ७३ खोप केन्द्र संचालनमा ल्याइने छ ।
मोरङ र सुनसरी जिल्लामा दादुरा रुवेलाका बिरामी बढेपछि दुवै जिल्लामा खोप अभियान संचालन गर्न लागिएको कार्यालय प्रमुख डा. मेहताले बताए ।
कार्यक्रममा बोल्दै मोरङ जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका अध्यक्ष अजम्बर राईले खोप अभियानबारेमा सबैमा जानकारी गराउन प्रचार–प्रसार आवश्यक रहेको बताए ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]