जनता बहुमुखी क्याम्पस सञ्चालक समितिको निर्वाचनमा १३ जना सदस्य निर्वाचित

  • साउन २१, २०८० / नेपाल रेखा
alt

इटहरी । जनता बहुमुखी क्याम्पस सञ्चालक समिति निर्वाचनको मतगणना सम्पन्न भएको छ ।
शनिबार भएको मतदानमा ६०४ मत झरेको छ । १३ सदस्यको लागि भएको निर्वाचनमा ७३० मतदाता मध्ये ८३ प्रतिशत मत खसेको थियो ।
क्याम्पसको सञ्चालक समितिको मतपरिणाम अनुसार सदस्यमा १३ जना निर्वाचित भएका छन् ।
१३ पदका लागि ३२ जना प्रतिस्पर्धामा भएको थियो । कूल ७३० मतदातामध्ये ६०४ मत खसेको थियो । जसमध्ये शेखर लुइँटेलले ४०८ मत प्राप्त गर्दै पहिलो स्थान प्राप्त गरे ।
यस्तै, कुलबहादुर कार्की (राजकुमार) ३९९ मत, विकल रेग्मी ३६५ मत, विकास केसी ३५२ मत, अम्बिका श्रेष्ठ ३४६ मत, तीर्थराज पराजुली ३४१ मत, युगप्रिय निरौलाले ३३६ मत प्राप्त गरे ।
यसैगरी, गङ्गाप्रसाद भट्टराई ३०३ मत, शिवराज दाहाल २९९ मत, ईश्वर भट्टराई २९६, उर्मिलादेवी कटवाल २८२ मत, दिनेशकुमार भट्टराई २७२ मत र रेवतीप्रसाद घिमिरेले २७१ मत प्राप्त गरे ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]