‘प्रजातन्त्र प्राप्तिका लागि नोना कोइरालाको योगदान स्मरणीय’

  • साउन १५, २०८० / नेपाल रेखा
alt

कुमोद अधिकारी
विराटनगर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम नोना कोइराला स्मृति प्रतिष्ठानका संरक्षक डा. शेखर कोइरालाले नेपालमा प्रजातन्त्र प्राप्तिका लागि नोना कोइरालाले पुर्याएको योगदानको सदैव स्मरण रहिरहने बताएका छन् ।
विराटनगरमा आइतबार आयोजित प्रतिष्ठानको साधारणसभाको उद््घाटन गर्दै उनले राष्ट्र, राष्ट्रियता प्रजातन्त्र स्थापनाका लागि नोना कोइरालाको योगदान कहिल्यै बिर्सन नसकिने उल्लेख गरे ।
नेपालको राजनीतिमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्दछ भन्ने पहिलो महिला नोना कोइराला रहेको उनले उल्लेख गरे । पञ्चायतको प्रतिबन्धित कालमा पनि नोना कोइरालाले प्रजातन्त्र स्थापना र सामाजिक न्यायका लागि साहसिक कार्य गरेको भन्दै उनले सबैलाई मिलाएर लैजाने क्षमता नोना कोइरालामा रहेको बताए । यो संस्थाले समाजका लागि उल्लेखनीय कार्य गरेपनि संस्थाले गरेको कार्यलाई उजागर गर्न नसकिएको उल्लेख गर्दै संस्थालाई अब नयाँ ढंगबाट अघि बढाउनुपर्ने नेता कोइरालाको भनाई थियो ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले प्रजातन्त्र स्थापनाका लागि महिलाहरुलाई जागृत र गोलबद्ध बनाउने कार्य नोना कोइरालले गरेकाकारण नेपालमा प्रजातन्त्रको स्थापना भएको उल्लेख गरे । यस्ता निडर, साहसी राजनीतिक हस्तीलाई समाजले कहिले बिर्सन नस्कने भन्दै मेयर कोइरालाले संस्थाको विकासका लागि महानगर प्रतिबद्ध रहेको बताए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य हशन अन्सारी नेपाली कांग्रेसका नेता गोपालराज भण्डारी, कोशी प्रदेशका पूर्व प्रदेससभा सदस्य शान्ता पौडेल, संस्थाका महासचिव एवम् नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष लिलावल्लभ घिमिरे, पार्टीका नेता निरन्जन रिजाल तथा संस्थाका सदस्य निर्मला कोइराला लगायतले नोना कोइरालाको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष तथा संस्थाका कोषाध्यक्ष चन्द्रकिशोर मल्लिकले संस्थाको वार्षिक प्रतिवेद पेश गरेका थिए । साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।
आफ्नो आमाको नाममा डा. शेखर कोइरालाले २०६४ सालमा संस्था स्थापना गरेका हुन् । विराटनगर–४ इक्राहीमा स्थापना भएको संस्थाले पत्रकारिता क्षेत्रको विकासका लागि पत्रकारिता कलेज स्थापना गर्नुका साथै संस्थाले शिक्षा, स्वास्थ्य लगायत बिभिन्न प्रकारका सामाजिक कार्य गर्दै आएको छ ।

nona koirala 1 (1)

 

गोरखा दरबारबाट विधिप ...

गोरखा । बडादसैँको सातौँ दिन शनिवार गोरखा दरबारको दसैँघर ...

पूर्ण लोकतन्त्रको सङ ...

– सरोजकुमार मिश्र मधेसी समाजमा एउटा निकै प्रचलित ...

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

गौरादहमा लालपैनी खोल ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक प ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]