कृषि अनुसन्धान निर्देशनालय तरहरामा बार्षिक कार्यक्रमको समीक्षा

  • साउन ११, २०८० / नेपाल रेखा
alt

इटहरी । कृषि अनुसन्धान निर्देशनालय कोशी प्रदेश तरहरा अन्तर्गत रहेका कृषि केन्द्र तथा कार्यक्रमहरुको चौथो त्रैमाशिक तथा वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
कृषिमा नयाँ जात र प्रविधिका क्षेत्रमा अनुसन्धान गर्दै आएको कृषि अनुसन्धान निर्देशनालय तरहरा अन्तर्गत रहेका कृषि केन्द्र तथा कार्यक्रमहरुले गर्दै आएको अनुसन्धान, प्रगति लगायतका विषय केन्द्रीत समीक्षा गरिएको हो ।
कृषि अनुसन्धान निर्देशनालय कोशी प्रदेश निर्देशक केवशप्रसाद श्रेष्ठको अध्यक्षता तथा उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशका सचिव डा.लेखराज पौडेलको प्रमुख आतिथ्यमा समीक्षा कार्यक्रम सम्पन्न भएकोे थियो ।
समीक्षा कार्यक्रममा बार्षिक प्रगति विवरणका विषयमा निर्देशनालय अन्तर्गत रहेका कृषि केन्द्र र कार्यक्रमका तर्फबाट प्रस्तुति समावेश गरिएको थियो । कृषि अनुसन्धान निर्देशनालय कोशी प्रदेशको कृषि बैज्ञानिक मनिषकुमार ठाकुरले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कृषि अनुसन्धान केन्द्र पाख्रिवास, राष्ट्रिय अनुसन्धान केन्द्र पाख्रिवास, राष्ट्रिय व्यवसायिक बालि अनुसन्धान कार्यक्रम, राष्ट्रिय सुन्तला बालि अनुसन्धान कार्यक्रम, जुट अनुसन्धान कार्यक्रम, कृषि अनुसन्धान केन्द्र जौबारी, राष्ट्रिय भैसी अनुसन्धान कार्यक्रम, राष्ट्रिय बंगुर अनुसन्धान कार्यक्रम लगायतले आफुहरुले गरेका अनुसन्धान तथा प्रगतिका विषयमा प्रस्तुति गरेका थिए ।
कृषिसंग जोडिने बाली,बागवानी, पशुपक्षी, घाँसवाली, माछा लगायतका क्षेत्रमा नस्ल, दाना पानी, रोग आदिलाई प्रामिकतामा राखेर वढी उत्पादन लिन सकिने गरि राष्ट्रिय कृषि अनुसन्धान परिषद नार्क अन्तरगत रहेको अनुसन्धान गरिदै आएको निर्देशनालय प्रमुख श्रेष्ठले जानकारी गराए ।
समीक्षा कार्यक्रममा नेपाल कृषि अनुसन्धान परिषद नार्कका निर्देशक नवीनप्रकाश पौडेल, पशु तथा मत्स्य विकास निर्देशनालय कोशी प्रदेशका निर्देशक डा. पशुपति ढुंगाना, कृषि विकास निर्देशनालय कोशी प्रदेशका निर्देशक प्रकाशकुमार डाँगी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कोशी प्रदेशका संयोजक मनोज यादव लगायतका अतिथीहरुको उपस्थिति रहेको थियो ।
त्यसै गरी कृषि अनुसन्धान निर्देशनालय कोशी प्रदेश अन्तर्गत रहेका कृषि अनुसन्धान केन्द्र तथा कार्यक्रमहरुका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सडककाे दुरावस्था ...

केही दिनदेखिकाे वर्षाका कारण सुनसरीको इनरुवा नगरपालिका- ...

पुलको ड्याम पुर्ननिर ...

कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ स्थित महाकाली ...

समाजका लागि केही गर् ...

हामीले सुरु गरेको ‘व्यक्तित्व परिचर्चा’ कार ...

कोशी प्रदेशसभामा बजे ...

विराटनगर । कोशी प्रदेशसभाको आइतबारको बैठकमा आगामी आर्थि ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]