विराटनगर महानगरकी उपमेयरले छात्रालाई भनिन्–तपाईंहरुलाई कुनै समस्या भए मलाई भन्नुहोस्

  • साउन १०, २०८० / नेपाल रेखा
alt

विराटनगर । जेसी बाल सदन माविको आयोजनामा ‘छात्राहरुसँग उपमेयर’ कार्यक्रम सम्पन्न भएको छ ।
विराटनगर महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीसित छात्राहरुले अन्तरक्रिया गरेका थिए । कार्यक्रममा उपमेयर कार्कीले आफूलाई परेको समस्या नलुकाउन आग्रह गरिन् । उनले भनिन्, “तपाईंहरुलाई कुनै समस्या भए शिक्षकलाई भन्नुहोस्, शिक्षकलाई भन्न सक्नु भएन भने घरमा अभिभावकलाई भन्नुहोस् अनि अभिभावकलाई पनि भन्न सक्नु भएन भने मलाई भन्नुहोस् महानगरपालिका तपाईंहरुको सधैं साथमा रहनेछ ।”
छात्राहरुको जस्तोसुकै समस्या समाधान गर्न महानगर तयार रहेको उनले बताइन् । उपमेयर कार्कीले सामाजिक सञ्जालमा अपरिचित व्यक्तिहरुलाई साथी नबनाउनसमेत आग्रह गरिन् । सामाजिक सञ्जालमार्फत साथी बनेर अनैनिक कार्य गरेको पनि पाइने गरेको उनको भनाइ थियो । उनले यसअघि पनि विद्यार्थीसँग उपमेयर कार्यक्रम सञ्चालन गरेको जानकारी दिइन् । विद्यालयमै पुगेर सञ्चालन गरिएको विद्यार्थीसित उपमेयर कार्कीको निकै प्रभावकारी भएको उनको भनाइ थियो । उद्घाटन समारोहपछि उपमेयर कार्कीले अन्य कर्मचारी र शिक्षकलाई बाहिर पठाएर छात्राहरुसित मात्रै हलभित्र अन्तरक्रिया गरेकी थिइन् । उपमेयर कार्कीले छात्राहरुले खुलेर आफ्ना समस्या राखेको सुनाइन् । “त्यस्तो जटिल किसिमको समस्या त आएको छैन,”उनले भनिन्, “तर छात्राहरुले खुलेर आफ्ना मनका कुरा राख्नुभयो ।” कार्यक्रममा विराटनगर जेसीजका पूर्वअध्यक्ष सेवक बजगाईं, महानगरको शैक्षिक प्रशासन महाशाखाकी अधिकृत तारा शर्मालगायतले मन्तव्य व्यक्त गन् ि।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]