तराई मधेस हरित अभियान मोरङमा प्रभावकारी

  • श्रावण ५, २०८० / नेपाल रेखा
alt

कुमोद अधिकारी
विराटनगर । तराई मधेश हरित अभियान कार्यक्रम मोरङ जिल्लामा प्रभावकारी बन्दै गएको छ । डिभीजन वन कार्यालय मोरङले यो कार्यक्रम संचालनमा ल्याएसंगै खालीपर्ती तथा नदी उकासजग्गा साथै वनक्षेत्रका खाली जग्गा हराभरा हुन थालेका छन् ।
अभियान अन्तर्गत यो वर्ष अहिले सम्म ४० हेक्टर भन्दा वढि जग्गामा वृक्षारोपण भइसकेको छ । अभियान अन्तर्गत निजी तथा डिभिजन वन कार्यालयको मातहतमा रहेका २० वटा नर्सरी मार्फत किसान तथा सामुदायिक वनहरुलाई निःशुल्क रुपमा विरुवा उपलव्ध गराउदै आएको सो कार्यालयका सहायक वन अधिकृत रामलखन ठाकुरले बताए ।
सो कार्यालयले यो वर्ष साढे ९ लाख विरुवा उत्पादन गर्ने लक्ष्य राखेको थियो । त्यसमध्ये २ लाख ८० हजार वहुवर्षे विरुवा आगामी वर्ष वृक्षारोपणका लागि कार्यालयले स्टकमा राखेको छ ।
विभिन्न नर्सरी मार्फत अहिले साढे ६ लाख विरुवा वितरण गर्ने कार्य भइरहेको छ । यो वर्ष निजी वन किसानले एकलाख २५ हजार विरुवा उत्पादन गरेका छन् । सामुदायिक तथा साझेदारी वनहरुले वन क्षेत्रको खाली तथा नदी उकास जग्गामा वृक्षारोपण गरिरहेका छन् । सहायक वन अधिकृत ठाकुरका अनुसार सहरी क्षेत्रलाई स्वच्छ एवम् हराभरा बनाउन स्थानीय तहसंग समन्वय गर्दै वृक्षारोपण कार्यलाई अघि वढाइएको छ । वडा कार्यालयहरुसंग समन्वय गर्दै सौन्दर्यवर्धक प्रजातीका विरुवा सहरी क्षेत्रका सडक तथा आवश्यक स्थानमा रोप्ने कार्य भइरहेको उनले बताए । कार्यालयले विभिन्न नर्सरी मार्फत कदम टिक मसला, सतीसाल, कर्मा, खयर, एपिल, मलेसियन सखुवा, तेजपात जातका साथै आँप, लिच्ची कागती लगायता फलफुलका विरुवा निःशुल्क वितरण गर्दै आएको छ ।
डास मोरंगी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मदन पोखरेलले राष्ट्रिय वनभन्दा टाढा रहेका उपभोक्तालाई त्यहि आत्मनिर्भर बनाउन र वनक्षेत्रमा रहेका वन्यजन्तुको आहारालाई केन्द्रित गर्दै विरुवा लगाउने कार्य भइरहेको बताए । जंगल भित्र रहेका वन्यजन्तु आहारका लागि वनक्षेत्र भन्दा बाहिर राजमार्गका सडकमा निस्कदा वढि दुर्घटना हुने गरेकाले वन्यजन्तुलाई केन्द्रित गर्दै वन क्षेत्रमा फलफुलका विरुवा समेत लगाएको उनको भनाइ छ । डिभिजन वन कार्यालयले यसरी लगाइएका विरुवा संरक्षण गर्ने तथा हुर्काउने जिम्ममा स्थानीय समुदायलाई दिएको छ ।
गत आर्थिक वर्ष विरुवा उत्पादनको वजेट कटौती भएर आएकाले समस्या भएको कार्यालयले जनाएको छ । विरुवा उत्पादन गर्दा कतिपय प्र्रजातीका विरुवा महंगो मूल्यमा खरिद गर्नुपर्ने भएकाले पनि वजेट कम हुदा समस्या हुने गरेको कर्मचारीहरु बताउछन् । अभियान अन्तर्गत नदी कटान तथा भूक्षय नियन्त्रण गर्न नदी किनारमा बाँसका विरुवा रोप्ने कार्य समेत भएका छन् । नर्सरीमा उत्पादन भएका बाँसका विरुवा सामुदायीक वन तथा निजी किसानलाई उपलव्ध गराउदै कटान हुन सक्ने जोखिमपूर्ण स्थानमा बाँसका विरुवा रोपिएको कार्यालयले जनाएको छ ।

विराटनगर महानगर क्षे ...

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ ज ...

राउण्ट टेवल नेपालद्व ...

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन् ...

सुनको मूल्य प्रतितोल ...

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । ...

संगित चोकका व्यवसायी ...

इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]