विराटनगर महानगरको न्यायीक समितिमा ८८ प्रतिशत उजुरीको फछ्र्यौट

  • साउन ५, २०८० / नेपाल रेखा
alt

विराटनगर । विराटनगर महानगरपालिकाको न्यायिक समितिले आर्थिक वर्ष २०७९/०८० मा ८८ प्रतिशत उजुरीको फछ्र्यौट गरेको छ ।
समितिमा दर्ता भएका कुल २३७ उजुरीमध्ये २०९ वटाको फछ्र्यौट गरिएको महानगरकी उपमेयरसमेत रहेकी न्यायिक समितिकी संयोजक शिल्पा निराला कार्कीले जानकारी दिइन् । जुन प्रतिशतको हिसाबले ८८ दशमलव १९ प्रतिशत हो । कार्कीका अनुसार सबैभन्दा बढी वडा नम्बर १२ बाट २१ र १८ नम्बरबाट ३ वटा उजुरी दर्ता भएको छ ।
साँधसिमानासम्बन्धी ५५, महिला तथा घरेलु हिंसा सम्बन्धी २९, श्रीमान–श्रीमती विवाद सम्बन्धी २९ उजुरी परेको छ । त्यस्तै खान लगाउन नदिएको, कुटपिट, दाइजो, लेनदेनसम्बन्धी पनि उजुरी पर्ने गरेको कार्कीले बताइन् । गत आर्थिक वर्षमा दर्ता भएका उजुरीमध्ये २८ वटा मात्रै फछ्र्यौट हुन बाँकी छ । दर्ता भएका मध्ये समितिले ३९ वटा जिल्ला अदालत मोरङमा पठाएको छ । त्यस्तै ४४ वटा मिलापत्र भएको छ । “६ वर्षयताकै सबैभन्दा धेरै उजुरीको निर्णय हामीले गरेका छौं,” उपमेयर कार्कीले भनिन्, “मिलेसम्म मिलापत्र गराउँछौं हामीले धेरै प्रयास गर्दा पनि नमिले अदालत पठाउँछौं ।”
अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा २१० वटा उजुरी दर्ता भएकोमा १७५ वटा उजुरीको निर्णय भएको उपमेयर कार्कीले जानकारी दिइन् ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]