विराटनगरको पोखरिया माविलाई केन्द्रविन्दु प्लस टु एक्सिलेन्स अवार्ड

  • श्रावण १, २०८० / नेपाल रेखा
alt

विराटनगर । विराटगर महानगरपालिका–३ मा रहेको पोखरिया मावीलाई ‘केन्द्रविन्दु प्लस टु एक्सिलेन्स अवार्ड २०८०’ प्रदान गरिएको छ ।
केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच गुणस्तरीय शिक्षा प्रदान गर्नेमा कोशी प्रदेशकै अग्रणी स्थानमा रहेको पोखरिया मावीलाई केन्द्रविन्दु प्लस टु एक्सिलेन्स २०८० अवार्ड प्रदान गरिएको हो ।
पोखरीया मावीले सामुदायिक शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै केन्द्रबिन्दुले उक्त अवार्ड प्रदान गरेको हो ।
उच्च माध्यमिक तहदेखि १२ सम्मको अध्ययन हुने यो कलेजमा प्लस टू तर्फ विज्ञान, व्यवस्थापन, शिक्षा र प्राविधिक धार तर्फ कम्प्युटर इन्जिनियरिङ्गमा अध्ययन हुँदै आएको छ । अनुशासित र उत्कृष्ट शैक्षिक वातावरणका लागि छुट्टै पहिचान बनाएको यो कलेजले विश्वबजारमा प्रतिस्पर्धी बनाउन कक्षा ११ बाटै पहल गर्छ । गरिब र जेहेन्दार विद्यार्थीलाई आंशिक र पूर्ण छात्रवृत्ति प्रदान गर्दै आएको यो कलेजले शैक्षिक प्रदर्शन, कक्षा गतिविधि र शैक्षिक प्रगतिका आधारमा छात्रवृत्तिका लागि विद्यार्थी छनोट गर्ने गरेको छ । सामुदायिक विद्यालयतर्फ पोखरिया माविले विशिष्ट स्थान हासिंल गरेको छ ।

सुनको मूल्य तोलामा १ ...

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु ...

सुनको मूल्य निरन्तर ...

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य निरन्तर ब ...

इटहरीमा दिप प्रज्ज्व ...

इटहरी । सुनसरीको इटहरीमा १७ औं गणतन्त्र दिवस मनाइएको छ ...

चुरे उत्थानशील आयोजन ...

इटहरी । अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको उपलक्ष्यमा ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]