राजन केडी
इटहरी । इटहरी उपमहानगरपालिकाले कृषि सामग्री वितरण गरेको छ । उपमहानगर भित्रका विभिन्न वडाका किसानलाई आधुनिक उपकरणको प्रयोग गर्न सिकाउने र उत्पादनमा बृद्धि गर्ने उद्देश्यले कृषि सामग्री वितरण गरिएको हो ।
आर्थिक वर्ष २०७९–८० को साझेदारी कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा सामग्री वितरण गरिएको इटहरी उपमहानरपालिकाको कृषि विकास शाखा प्रमुख गंगामाया अधिकारीले जानकारी दिइन् ।
किसानलाई ३० थान पावर टिलर, २५ प्रतिशत अनुदानमा ३ सय ७ थान स्प्रे, मल्चिङ्ग प्लाष्टिक गरिएको शाखा प्रमुख अधिकारीले बताइन् ।
पावर टिलर पाउने किसानहरुमा नरेशकुमार चौधरी इटहरी–१, मनोजकुमार चौधरी इटहरी–२, रामजानकी कृषक समूह इटहरी–७, रामजानकी कृषि फर्म इटहरी–७, मधुरलाल चौधरी इटहरी–८, गोमा उप्रेती इटहरी–८, विनोद कुमार चौधरी इटहरी–८, रम्भादेवी चौधरी इटहरी–१०, जयकृष्ण चौधरी इटहरी–१०, शिवनारायण चौधरी इटहरी–११, जयप्रकाश चौधरी इटहरी–११ रहेका छन् ।
त्यसैगरि, नैनकला परियार इटहरी–१४, पर्शुराम चौधरी इटहरी–१४, चतुरलाल चौधरी इटहरी–१४, दिनेशकुमार चौधरी इटहरी–१५, श्रवनकुमार चौधरी इटहरी–१५, शुशील कुमार चौधरी इटहरी–१५, विजयकुमार चौधरी इटहरी–१६, काजीलाल चौधरी इटहरी–१६, सूर्योदय कृषक समूह इटहरी–१६, कुशुमी चौधरी इटहरी–१७, दयालक्ष्मी चौधरी इटहरी–१७, सन्तोषी चौधरी इटहरी–१७, विष्णुप्रसाद धमला इटहरी–१८ ले पनि पावर टिलर पाएका छन् । पावर टिल पाउनेमा इटहरी १८ कै प्रदीप चौधरी, श्यामबाबु आचार्य, रामदिपकुमार चौधरी रहेका छन् । त्यसैगरि रत्नकुमार चौधरी इटहरी–१९, रिता खड्का इटहरी–२० ले पनि पावर टिलर पाएका छन् ।
पावर टिलर लिएकी गोमा उप्रेतीले आफूले लिएको उपकरण भने पुरानो परेकोले प्रयोगमा ल्याउन नसकिएको बताइन् ।
