कोशीका मुख्यमन्त्री थापासहित दुई मन्त्रीले लिए शपथ

  • असार २२, २०८० / नेपाल रेखा
alt

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले शुक्रबार एक समारोहका बीच पद तथा गोपनियताको शपथ लिएका छन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम नियुक्त मुख्यमन्त्री थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको सपथ गराएका हुन् ।
यसैगरी, नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम नवनियुक्त मन्त्रीद्वय कमलप्रसाद जवेगु र प्रदीपकुमार सुनुवारलाई प्रदेश प्रमुख खापुङले सोही समारोहमा पद तथा गोपनीयताको शपथ गराएका छन् । नवनियुक्त मन्त्रीद्वयको कार्य विभाजन भने पछि तय हुने जानकारी दिइएको छ ।
नेपाली कांग्रेसबाट प्रदीप सुनुवार र नेकपा एसबाट कमल जवेगु मन्त्री बनेका हुन् ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]