बराहक्षेत्रका किसानले गठन गरे बेमौसमी तरकारी खेती समूह

  • असार ११, २०८० / नेपाल रेखा
alt

बाबुराम कार्की
बराहक्षेत्र । बेमौसम समयमा पनि तरकारी उत्पादन गर्न बराहक्षेत्रका किसानहरुले समूह गठन गरेका छन् ।
बराहक्षेत्र–४ को कौवाखोज, धानपुरी, पिडारी र आन्द्रमोठका १५ महिला ४ पुरुष सहित २० जना अगुवा कृषकको भेलाबाट बराहक्षेत्र बेमौसमी तरकारी खेति समूह गठन गरेकोे कृषक कमल शाहले जानकारी दिए ।
नवगठित तरकारी खेति समूहको अध्यक्षमा प्रभुनारायण चौधरी सर्वसहमत चुनिएका छन् भने उपाध्याक्षमा रिताकुमारी बस्नेत रहेकी छन् । समूहको सचिवमा जगदिश चौधरी, सहसचिवमा विद्या वस्नेत, कोषाध्यक्षमा सुमन शाह रहेका छन् ।
सदस्यहरुमा ललिता धामी र मायाँ राई रहेको कार्यसमितिमा १३ जना साधारण सदस्य रहेका छन् । सदस्यहरुमा क्रमशः कमल शाह, शोभावति धामी, सलिना चौधरी, पदमकुमारी दाहाल, जानुका खत्री, राधाकुमारी राजधामी, ललिताकुमारी धामी, अर्जुन दाहाल, विना बस्नेत, रीता कुमारी बस्नेत, एलिसा चौधरी, कदमी चौधरी, तुलसा सुवेदी बस्नेत र श्याम कुमारी राजधामी रहेका छन् ।
ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) को सहयोगमा धनपुरीमा संचालित भएको बेमौसमी तरकारी खेती तालिम लिएका कृषक भेला भएर समूह गठन गरेका हुन् । ‘नवगठित कृषक समूहका अध्यक्ष प्रभुनारायण चौधरीले भने ‘रुलर इन्फास्ट्रक्चर एण्ड मेनेजमेन्ट कन्सलटेन्ट प्रालि कोटेश्वर काठमाडौले तीन महिने (३ सय ९० घण्टे) सैद्धान्तिक र प्रयोगात्मक तालिम लिएकाले कृषकहरुलाई खेती गर्न सजिलो हुने छ ।’ तरकारी खेती गर्दा एक अर्कालाई सहयोग पुग्ने हँुदा समूह गठन गरेर खेतिसुरु गर्न लागिएको उनले बताए । तालिमबाट सिकेको ज्ञान, सिपलाई अब आफ्नै बारीमा प्रयोग गरिने कृषक विद्या खड्का बस्नेतले बताइन् ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]