कोशी प्रदेशको बजेट ३६ अर्ब २४ करोड

  • असार १, २०८० / नेपाल रेखा
alt

कुमोद अधिकारी
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ३६ अर्ब २४ करोड २५ लाख १० हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री एवम् आर्थिक मामिला तथा योजना मन्त्री हिक्मतकुमार कार्कीले मन्त्रालयमा बिहीवार आयोजित कार्यक्रममा आगामी आर्थिक वर्षको आय–व्यय बजेट सार्वजनिक गरेका हुन् ।
कुल विनयोजित बजेटमध्ये चालुतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार, पुंजीगत खर्च १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार, वित्तीय व्यवस्थापनतर्फ १ करोड र स्थानीयतहमा वित्तीय हस्तान्तरण तर्फ ३ अर्ब ६० करोड २९ लाख ९२ हजार रहेको छ ।
अध्यादेश मार्फत ल्याइएको सो बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधारलगायत पर्यटन क्षेत्रको प्रवद्र्धन, आर्थिक तथा भौतिक पूर्वाधार विकास, कृषि उत्पादनमा वृद्धी, सिचाई, गुणस्तरीय स्वास्थ्य सेवा, गरिबी निवारण, रोजगारी सृजना, विपद् व्यवस्थापन, वन वातावरणको संरक्षण, शान्ति सुव्यवस्था, गुणस्तरीय खानेपानी साथै आदीवासी, जनजाती, महिला, अपांगता, दलित अल्पशंख्यक तथा सीमान्तकृत समुदायको उत्थानमा जोड दिएको छ ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]