महानगरद्वारा सहकारीका कर्मचारीलाई लेखा व्यवस्थापन तालिम

  • जेठ २५, २०८० / नेपाल रेखा
alt

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा बुधबारदेखि तीनदिने लेखा व्यवस्थापन तालिम सुरु भएको छ ।
विराटनगरमा सञ्चालित सहकारी संस्थाहरुमा कार्यरत लेखा व्यवस्थापकहरुको क्षमता विकासका लागि तालिम सञ्चालन गरिएको हो । तालिमको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले तीनदिने तालिम उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे । उनले केही सहकारीका कारण जनविश्वास घट्दै गएको बताए । तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न उनले आग्रह गरे ।
कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक श्याम घिमिरे, जिल्ला सहकारी संघ मोरङका कोषाध्यक्ष अमृतबहादुर गुरुङ, राष्टिूय सहकारी बैंक लिमिटेड विराटनगर शाखाका शाखा प्रबन्धक प्रभु पोखरेल, महानगरको आर्थिक विकास महाशाखा प्रमुख दीपक पौडेललगायतले केही सहकारीका कारण समग्र सहकारीको नै बद्नाम भएको बताएका थिए । उनीहरुले सहकारीको शाखलाई माथि उठाउने गरी काम गर्नुपर्नेमा जोड दिए ।
विराटनगरमा १९३ वटा सहकारी संस्था सञ्चालनमा रहेका छन् । १९ वटै वडामा सञ्चालित सहकारीका ३५ जना कर्मचारीहरु तालिममा सहभागी भएको महानगरको सहकारी शाखाकी रोजी कार्कीले जानकारी दिइन् ।

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

गौरादहमा लालपैनी खोल ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक प ...

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]