ट्युबवेल सुक्न थालेपछि पानीको समस्या

  • जेठ १९, २०८० / नेपाल रेखा
alt

उदयपुर । त्रियुगा नगरपालिकाको गाईघाट बजारसहितका क्षेत्रमा केही दिनयता खडेरी र तापक्रम बढेसँगै जमिनमुनिको पानीको सतह ह्वात्तै घटेपछि ट्युबवेलबाट पानी आउन छाडेको छ ।
जमिनको सतहबाट पानी घटेर ट्युबवेलबाट पानी आउन छाडेपछि अहिले कतिपय स्थानीय पिउने पानीका लागि निकै समस्या भोग्न परेको गुनासो गर्न थालेका छन् । त्रियुगा–१२ डिएम गेट, दुर्गाटोल, सुनगाभा टोलसहितका स्थानमा एक हप्तादेखि ट्युबवेलबाट पानी आउन छाडेकाले पिउने पानीको निकै कष्ट भोग्न परेको स्थानीय दुर्गा टोलका मुहकर अलि मियाँले बताउनुभयो ।
गाईघाटको सुनगाभा टोलसहित दुर्गाटोल क्षेत्रमा अहिले झण्डै सयभन्दा बढी ट्युबवेलबाट पानी आउन छाडेपछि आफूहरु पिउने पानीका लागि अन्य छिमेकीकोतिर जानुपर्ने बाध्यता भएको तथा किनेर पानी खान बाध्य हुनुपरेको डिएम गेटका बासिन्दा सुजाता दाहालले बताउनुभयो ।
त्रिनपा–१२ कै पुरानो गाईघाटस्थित बोटे टोल, बगरटोल क्षेत्रमा पनि डेढ हप्तादेखि झण्डै एक सय ५० ट्युबवेल सुकेपछि पानी आउन छाडेको बोटेटोलका रञ्जन बोट बताउनुहुन्छ ।
ट्युबवेलबाट पानी नआउनुका कारणबारे गाईघाट डिएम गेटका ट्युबवेल मेकानिकल पशुपति चौधरी भन्नुहुन्छ, “जमिनको सतहभन्दा बीस–बाइस फिट गहिराइमा पाइप गाडिएका छन्, तर अहिले सुक्खा खडेरीका कारण पानीको सतह घटेर २५ फिटभन्दा तल झरिसकेका कारण अर्को पाइप गहिरो गाडेरमात्र अब पानी आउन सक्छ, पुरानो ट्युबवेलबाट अहिलेको जमिनको सतहबाट अब पानी आउँदैन ।”
गर्मी र सुक्खा खडेरीका कारण जमिनको सतहबाट पानीको सतह पनि घट्न थालेपछि त्रियुगा–३ भुल्के र वडा नं २ खैजनपुर क्षेत्रमासमेत जमिनमा गाडिएको ट्युबवेल तथा कलबाट पानी आउन छाडेको खैजनपुरका देवप्रसाद लुइँटेलले बताउनुभयो ।
केही वर्षअघि जमिनको सतहभन्दा तल २०–२२ फिट मुनिसम्म गाडिएका कल तथा ट्युबवेलबाट यसअघिसम्म पानी तानेर प्रयोग हुने गरेको भए पनि अहिलेको खडेरी र सुक्खा मौसमका कारण जमिनको सतहभन्दा धेरै तल पानीको सतह सुकेर झरेको बताइएको छ । त्रियुगा क्षेत्रका गाउँघरमा ट्युबवेलबाट पानी आउन छाडेपछि पिउने पानीको समस्या भोग्नुपरेको स्थानीयको गुनासो छ ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]