च्याउ खेति गरेर युवाहरुलाई आशा जगाउदै ताप्लेजुङ्गका रमेश राई

  • जेठ १६, २०८० / नेपाल रेखा
alt

ताप्लेजुङ्ग । ताप्लेजुङ्ग किसान रमेश राईले कन्या र सिताके च्याउ उत्पादन गर्दै आएका छन् ।
ताप्लेजुङ्ग फुङलिङ्ग नगरपालिका वडा नम्बर ७ मा राईले ९ बर्षदेखि काठको मुढाबाट यस्तो च्याउ उत्पादन गर्दै आएका हुन् । बजारमा तत्काल खपत हुन नसकेपनि उनले च्याउ उत्पादन गर्न छाडेका छैनन् । उनले च्याउको सुकुटी बनाएर भएपनि बजारमा पठाउने गरेका छन् । व्यावसाय राम्रो भए पनि थप ब्राण्डिङ र मर्केटिङ्गको समस्या अझै रहेको उनको बुझाइ छ ।
रमेश राई जनयुद्ध कालमा पूर्णकालिन नेताको रुपमा भूमिगत जिवन बिताएका नेता हुन् । उनलाई त्यतिबेला रशिक उपनामले चिनिन्थ्यो । शान्ति प्रक्रिया पछि उनी यो व्यावसायमा लागेका हुन् । राई अखिल नेपाल किसान संघ (क्रान्तिकारी) ताप्लेजुङको अध्यक्ष छन् । राईको मेहनतलाई नजिकबाट नियालिरहेका स्थानीयवासीले सफल किसानको रुपमा उनलाई हेर्ने गरेका छन् । अनुभव, ज्ञान र सिपले निखारिदै गएका राईले गाउँ, घरका युवाहरुलाई स्थानीय स्तरमै केही गरेर जिवन गुजारा चलाउन सकिन्छ भन्ने आशा जगाएका छन् ।
ताप्लेजुङ जिल्लाको अधिकांश वडा, टोलहरुमा सिताकी च्याउ सजिलै उत्पादन गर्न सकिने र त्यसको सुकुटी बनाएर बजार ब्यबस्थापन गर्न सकिने राम्रो सम्भावना भएकाले युवाहरुलाई यस्तो अभियानमा लाग्न उनले आग्रह पनि गरेका छन् ।
मेहनती, सफल किसानहरुलाई सरकारले प्रोत्साहित गर्न आवश्यक रहेको नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य पराग क्षेत्रीले बताए ।

Masrum rasik Rames rai

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]