सरकारी संयन्त्रमध्ये विराटनगर महानगरपालिका उत्कृष्ट

  • जेठ १५, २०८० / नेपाल रेखा
alt

विराटनगर । सुशासन, कार्यसम्पादन र राजस्व संकलनलगायतका क्षेत्रमा अग्रणी रहेको विराटनगर महानगरपालिकालाई संघीय सरकारको स्वास्थ्य मन्त्रालयले पुरस्कृत गर्ने भएको छ ।
सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनमा रोक लगाएर उदाहरणीय कार्य गरेको भन्दै मन्त्रालयले सरकारी संयन्त्रणतर्फ विराटनगर महानगरपालिकालाई सर्वोत्कृष्ट पुरस्कार प्रदान गर्न लागेको हो । मन्त्रालयले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई हरेक वर्ष पुरस्कार प्रदान गर्ने गरेको छ । “सुर्तीजन्य पदार्थको बिक्री, वितरण र सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमनमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै कानुन कार्यान्वयन गर्ने निकाय (सरकारी कार्यालयतर्फ) विराटनगर महानगरपालिकालाई पुरस्कृत गर्ने निर्णय गरिएको छ,” मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
महानगरले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियान सञ्चालन गरिरहेको छ । अभियानअन्तर्गत गत वैशाख १ गतेदेखि सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको बिक्री र सेवनमा महानगरले रोक लगाएको छ । महानगरका मेयर नागेश कोइरालाले स्वास्थ्य मन्त्रालयले प्रदान गर्ने पुरस्कार विराटनगरवासीको पनि भएको बताउनुभयो । विराटनगरवासीको साथ र सहयोगकै कारण महानगरले सञ्चालन गरेका अभियानहरु सफल भइरहेको उहाँको भनाइ थियो । मेयर कोइरालाले साउन १ गतेदेखि सुर्तीजन्य पदार्थको बिक्रीका लागि लिएको अनुमतिपत्र नविकरण र नयाँ दर्तासमेत नगर्ने जानकारी दिनुभयो । उहाँले महानगरपालिकाको साथ र सहयोग प्राप्त भए आफ्नो कार्यकालमा गर्व गर्न र भावीपुस्ताले सम्झन लायक विराटनगरवासी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]