विपद प्रतिकार्य तालिम

  • जेठ ६, २०८० / नेपाल रेखा
alt

इटहरी । वर्षायाममा हरेक वर्ष बाढी तथा डुवान प्रभावित बन्दै आएको सुनसरीको इटहरी उपमहानगरपालिकामा विपद प्रतिकार्य तालिम तथा अभ्यास कार्यक्रम गरिएको छ ।
नेपाली सेनाको कृष्णदल गण तथा इटहरी उपमहानगरपालिकाको संयुक्त आयोजनामा विपद् प्रतिकार्य तालिम तथा अभ्यास गरिएको हो ।
तालिम तथा अभ्यासमा बाढीको समयमा अपनाउनु पर्ने सर्तकता, वाढी पीडितलाई उद्धार, खोज तथा व्यवस्थापन, आगलागी नियन्त्रण लगायतका विषयमा नेपाली सेनाका अशोक गुरुङ्गले सहजिकरण गरेका थिए । विपद् प्रतिकार्य तालिममा इटहरी उपमहानगरपालिका २० वटै वडाका जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघ, संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रतिकार्य तालिम तथा अभ्यास कार्यक्रम कृष्णदल गणका गणपति सेनानी ढलकबहादुर मोक्तानको प्रमुख अतिथ्य तथा इबटहरी उपमहानगरपालिका कार्यवाहक नगर प्रमुख दिवश पोखरेलको अध्यक्षतामा भएको थियो ।
सो कर्मक्रममा बाढी लगायतका विपद्को प्रतिकार्य अभ्यास समेत गरिएको थियो ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]